आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६८ हजार ५ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ३८ रुपैयाँ तोकिएको छ ।













