Monday, May 4, 2026
spot_img
spot_img

शेयरबजारमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशतले बजार बढेपछि आजलाई कारोबार स्थगित

spot_img
spot_img

शेयरबजारमा तेस्रो तथा अन्तिम पोजेटिभ सर्किट लागेको छ । दोस्रो सर्किट ब्रेकपछि बजार १२ बजेर १ मिनेटमा खुलेकोमा त्यसको १ मिनेट पनि नबित्दै बजार ६ प्रतिशतले बढेपछि तेस्रो तथा अन्तिम पोजेटिभ सर्किट लागेको हो। अब आजको लागि शेयरबजार बन्द भएको छ ।

आज प्रि ओपन सेसन मै नेप्से सूचक ४४.६३ अंकले बढेको थियो। त्यसपछि ११ बजे नियमित समयको बजार खुलेकोमा ११ बजेट १ मिनेट मै नेप्से ४ प्रतिशत (१०९.६० अंक)ले  बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। त्यस पछि २० मिनेटलाई कारोबार स्थगित भएर ११:२१ मा बजार खुलेकोमा एक मिनेट पनि नपुग्दै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। दोस्रो सर्किट लाग्दा बजार १३५.७२ अंकले बढेको थियो। त्यसपछि ४० मिनेटलाई कारोबार स्थगित भएर बजार खोल्दा एक मिनेट मै तेस्रो सर्किट लागेको हो ।

तेस्रो सर्किटपछि बजार १६२.९३ अंकले बढेर २८७५.४३ को बिन्दुमा पुगेको छ । अब आज थप कारोबार हुने छैन ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।  दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ।  तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ। तेस्रो सर्किट लागेपछि आजको लागि बजार बन्द भएको हो ।

चुनावको नतिजापछि शेयर लगानीकर्ता उत्साहित देखिएका छन् । चुनावको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने देखिएको छ। अबको प्रधानमन्त्रीमा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह हुने छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले रहने भनिएको छ। कम्तिमा ५ वर्ष एउटै पार्टीको सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...
spot_img