Monday, March 16, 2026
spot_img

एमजी S-5 ले प्रतिष्ठित Euro NCAP परीक्षणमा पायो ‘फाइभ स्टार रेटिङ’

spot_img
spot_img

एमजीको नयाँ विद्युतीय गाडी एस–५ले प्रतिष्ठित Euro NCAP परीक्षणमा शानदार पाँचतारे सुरक्षा रेटिङ पाएको छ । सन् २०२५ को परीक्षणमा सहभागी यो गाडीले सबै सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फाइभ स्टार रेटिङ’ पाएको हो ।

यसबाट एमजी एस–५ ले उपभोक्ताको भरोसा जित्न सफल भएको भन्दै अन्तर्राष्ट्रिय रुपमै चर्चा भइरहेको छ ।

Euro NCAP का अनुसार MGS5 EV को सुरक्षा स्कोर यस प्रकार रहेको छ:

  • वयस्क यात्रु सुरक्षा: ९०%

  • बाल यात्रु सुरक्षा: ८२%

  • सडक प्रयोगकर्ता (पैदल यात्री) सुरक्षा: ८२%

  • सुरक्षा सहायक प्रणाली: ७८%

    नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री इन्जिनियरिङको समावेश भएकाले एस–५ नेपाली बजारमा उत्कृष्ट विकल्पका साथ प्रस्तुत भइसकेको छ । यो गाडीले केवल आराम र प्रदर्शन मात्र होइन, सुरक्षा र स्थायित्वमा समेत उच्चस्तरको ग्यारेन्टी दिने देखिएको छ ।

    यसअघि नेपाली बजारमा एस–५ को कुनै रेटिङ नै भएको छैन भन्दै भएका हल्ला यसबाट निराधार सावित भएका छन् । Euro NCAP ले आफ्नो आधिकारिक फेसबुक पेजमै एस–५ ले पाँचतारे रेटिङ पाएको उल्लेख गरेको छ ।

    पछिल्लो प्रविधिमा आधारित यो विद्युतीय गाडी नेपाली बजारमा पारामाउण्ट मोटर्सले ल्याएर बिक्री वितरण सुरु गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रोले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवादमा नियमन आयोगले भन्यो ‘मागदाबी पुगेन’

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

ब्यापक संशोधन नभई नियमन आयोगले बनाएको सुशासन मापदण्ड लागू हुन सक्दैन (अन्तर्वार्ता)

विद्युत नियमन आयोग (ईआरसी)ले जलविद्युत कम्पनीको संस्थागत सुशासनको लागि...

आज कति छ सुनचाँदीको भाउ ?

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

गरिमा सुवर्ण योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

गरिमा क्यापिटलले निष्काशन गरेको  खुलामुखी सामुहिक लगानी कोष योजना...

सिटिजन्स बैंकद्वारा ६२ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र...
spot_img