एमजीको नयाँ विद्युतीय गाडी एस–५ले प्रतिष्ठित Euro NCAP परीक्षणमा शानदार पाँचतारे सुरक्षा रेटिङ पाएको छ । सन् २०२५ को परीक्षणमा सहभागी यो गाडीले सबै सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फाइभ स्टार रेटिङ’ पाएको हो ।
यसबाट एमजी एस–५ ले उपभोक्ताको भरोसा जित्न सफल भएको भन्दै अन्तर्राष्ट्रिय रुपमै चर्चा भइरहेको छ ।
Euro NCAP का अनुसार MGS5 EV को सुरक्षा स्कोर यस प्रकार रहेको छ:
-
वयस्क यात्रु सुरक्षा: ९०%
-
बाल यात्रु सुरक्षा: ८२%
-
सडक प्रयोगकर्ता (पैदल यात्री) सुरक्षा: ८२%
-
सुरक्षा सहायक प्रणाली: ७८%
नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री इन्जिनियरिङको समावेश भएकाले एस–५ नेपाली बजारमा उत्कृष्ट विकल्पका साथ प्रस्तुत भइसकेको छ । यो गाडीले केवल आराम र प्रदर्शन मात्र होइन, सुरक्षा र स्थायित्वमा समेत उच्चस्तरको ग्यारेन्टी दिने देखिएको छ ।
यसअघि नेपाली बजारमा एस–५ को कुनै रेटिङ नै भएको छैन भन्दै भएका हल्ला यसबाट निराधार सावित भएका छन् । Euro NCAP ले आफ्नो आधिकारिक फेसबुक पेजमै एस–५ ले पाँचतारे रेटिङ पाएको उल्लेख गरेको छ ।
पछिल्लो प्रविधिमा आधारित यो विद्युतीय गाडी नेपाली बजारमा पारामाउण्ट मोटर्सले ल्याएर बिक्री वितरण सुरु गरिसकेको छ ।












