Wednesday, April 22, 2026
spot_img
spot_img

नाडाले भन्यो, ‘ईभीमा भन्सार घटाउ, अन्तःशुल्क खारेज गर’

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले विद्युतीय सवारीको भन्सार दर घटाउन र अन्तःशुल्क शून्यमा झार्न सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सुझाव पठाउँदै नाडाले अधिकतम् ५० किलोवाटसम्मका ईभीमा भन्सार दर घटाएर अन्तःशुल्क शून्यमा झार्न सुझाव दिएको हो ।

हाल ५० किलोवाट सम्मका ईभीमा १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा नाडाले अब ५० किलोवाट सम्मका ईभीमा ५ प्रतिशत भन्सार मात्रै लिन माग गरेको छ । यस्तै, ५० किलोवाटदेखि माथि १०० किलोवाट सम्मका ईभीमा हाल २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब १० प्रतिशत भन्सार मात्रै लिएर अन्तःशुल्क शून्य गर्न माग गरेको छ ।

‘विद्युतीय सवारी साधनमा लाग्ने भन्सार घटाउनाले ती सवारी साधनहरू अझ किफायती हुनेछन्, प्रयोगमा ल्याउने क्षमता बढ्नेछ, जीवाश्म इन्धनमा निर्भरता घट्नेछ र स्वच्छ वातावरणलाई प्रवद्र्धन गर्नेछ’ नाडाले भनेको छ ।

१ सय किलोवाट भन्दा माथि क्षमताका ईभीका विषयमा भने नाडाले कुनै सुझाव दिएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...
spot_img