Thursday, November 13, 2025
spot_img

हुन्डाईद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img

नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ । भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीको अनुसार नयाँ क्रेटा EV (इलेक्ट्रिक गाडी) को यो अन्तरक्रियाले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ । कम्पनीले भनेको छ ‘धेरै मानिसलाई EV लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र EV दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु पर्दैन । हुन्डाईका ग्राहकहरुले EV होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउनेछन् ।’

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा EV सार्वजनिक गरिएको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेको कम्पनीले जनाएको छ ।

एक सफा र स्मार्ट भविष्य तर्फको आफ्नो यात्रालाई अगाडि बढाउँदै देशको सबै क्षेत्रमा ग्राहकसँगको सम्बन्धलाई अझै बलियो बनाउन प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img