Wednesday, April 22, 2026
spot_img
spot_img

ईभीमा किन ‘प्रि–बजेट अफर’ ल्याइरहेका छन् बिक्रेता ?

spot_img
spot_img

आगामी आर्थिक वर्षको बजेट आउन अब केही दिन मात्रै बाँकी छ । जेठ १५ गते संसदका दूबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । यसपालीको बजेटले विद्युतीय सवारी साधनले पाउँदै आएको कर सुहलियत कटौती हुने अनुमान गरिएको छ । राजस्व संकलनमा चरम दबाब खेपिरहेको सरकारले ईभीमा कर बढाउँछ भन्ने अड्कलबाजी भइरहेका बेला ईभी बिक्रेताले पनि उपभोक्ता नै त्रसित हुने गरी ‘प्रि–बजेट अफर’ ल्याउन थालेका छन् ।

एक हिसाबले भन्ने हो भने, ईभी आयातकर्ता कम्पनीले बजेट भाषणमार्फत ईभीको कर बढ्छ र कर बढेसँगै स्वभाविक रुपमा मूल्य पनि बढ्छ भन्ने सन्देश दिइरहेका छन् । नत्र ‘प्रि–बजेट अफर’ भन्नुको कुनै अर्थ नै देखिँदैन । यद्यपी, अटोमोबाइल्स व्यवसायीहरु संस्थागत रुपमै ईभीमा कर नबढाउन लविङ भने गर्दैछन् ।

यद्यपी, ईभीमा सरकारले कर बढाउँछ कि बढाउँदैन, अथवा न घटाइदिन्छ कि भन्ने कुनै यकिन भइसकेको छैन । बजेट प्रस्तुत नभएसम्म यो विषय थाहा पनि हुँदैन । तर, कर बढ्छ भन्ने लखका भरमा व्यवसायीहरुले प्रि–बजेट अफरका नाममा उपभोक्तालाई त्रसित बनाइरहेका छन् ।

कुन गाडीका कस्ता छन् ‘प्रि–बजेट अफर’ ?

नामी र सेरेस

नेपालका लागि नामी र सेरेस ईभीको आधिकारिक बिक्रेता हो एमएडब्लु वृद्धि । यसले ‘प्रि–बजेट ब्यास’ भन्दै अफर चलाइरहेको छ ।

कम्पनीले यस अफर अन्तर्गत केवल ५.९९ लाख रुपैयाँमा नामी ईभी र ८.९९ लाखमा सेरेस ईभी उपलब्ध गराउने जनाएको छ । अफरअन्तर्गत पूराना गाडी सट्टापट्टा गर्ने सुविधा पनि दिइएको छ ।

साथै, यस अफर योजना अन्तर्गत नामी ईभी किन्ने ग्राहकले अधिकतम् १ लाख रुपैयाँसम्म र सेरेस गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्मको विशेष अफरसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

स्किममा कम्पनीले थाइल्याण्ड टूर, आईफोन मोबाइल जस्ता अफर समावेश गरेको छ ।

दीपल

नेपालका लागि दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पनि नगद छुट र एक्सचेञ्ज बोनस दिने गरी प्री बजेट अफर योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले आर्थिक वर्ष २०८२/०८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा, निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पाउने छन् ।

कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमै गाडी दिने र ८.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

ओमोडा/जेक्को

नेपालका लागि ओमोडा जेक्को गाडीको बिक्रेता एसपीजी अटोमोबाइल्सले पनि प्रि–बजेट अफर योजना चलाइरहेको छ । यस योजना अन्तर्गत न्यूनतम १० लाख ३९ हजार रुपैयाँ डाउन पेमेन्टमा गाडी पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले ८.०५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङ सुविधा पाउने छन् ।

प्रि–बजेट अफर अवधिभित्र गाडी किन्नेले १ वर्षको इन्स्योरेन्स, मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी, १ वर्षको रोड ट्याक्स फ्री, एक्सचेन्ज बोनस र ७ किलोवाटको चार्जर पाउने कम्पनीले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...
spot_img