कहिलेकहीँ ठूलो परिवर्तन आवाजले होइन, वस्तुको गुणस्तरले दिलाउँछ । अहिले यहीँ उदाहरण बनेको छ Kaiyi । Laxmi E-Mobility मार्फत नेपालमा भित्रिएको नयाँ तर सम्भावनाले निकै भरिपूर्ण र अत्याधुनिक फिचर्सले भरिएको ईभी ब्राण्ड ।
Kaiyi को उपस्थितिलाई लिएर सुरुमा धेरैलाई अनौठो पनि लाग्यो, केहीले शंका पनि गरे । तर समयसँगै यसले नेपाली बजारमा आफ्नो यस्तो उपस्थिति जनाउन थाल्यो कि, जुन तहको उपस्थिति सुरुमा कल्पनामै थिएन ।
आज नेपाली सडकहरूमा Kaiyi EQute 04, EQute 02 वा X3 Pro को उपस्थिति बढ्दै गएको छ । शहरका केन्द्रदेखि स–साना बजारहरुमा समेत यी गाडीहरू देखिन थालेका छन् ।
नेपालमा Kaiyi को यस्तो मजबुत उपस्थिति कुनै तामझाम वा ब्यापक हो–हल्लाका कारण भएको होइन । ग्राहकहरूले नै विश्वास गरेका कारण Kaiyi ले ठूलो सफलता हात पार्दैछ । साँच्चै भन्ने हो भने यो गाडीको बारेमा ग्राहकहरुले आफन्त र साथीभाईलाई भन्न थालेका छन्, ‘यसको performance त आशा गरेभन्दा धेरै राम्रो रहेछ ।’
Kaiyi ले दिएको refined डिजाइन, सहज ड्राइभिङ अनुभव र फिचर्सले मानिसहरूलाई चकित पारेको छ । अझ महत्वपूर्ण कुरा, यी विशेषतासँगको अनुभव यति कम मूल्यमा उपयोग गर्न पाइएको छ कि, जुन प्रायः महँगा गाडीहरूसँग मात्र अपेक्षा गरिन्छ । Chery Group को विश्वस्तरीय प्रविधिको सहयोगले Kaiyi का गाडीहरू विशेषताले भरिपूर्ण र सशक्त देखिन्छन् ।
नेपालमा Laxmi Group को आफ्नै विश्वास छ । यो समूहप्रतिको विश्वास, देशभर फैलिएको सर्भिस नेटवर्क र ग्रुपको EV प्रतिको स्पष्ट प्रतिवद्धताले Kaiyi लाई नेपाली सडकमा केवल अर्को विकल्प मात्रै होइन, भविष्यको भरपर्दो ब्रान्ड बनाइरहेको छ ।

कम्पनीले यो यात्रा यहाँ नटुङ्गिने बताएको छ । बरु, सन् २०२६ सम्म Kaiyi ले अझ नयाँ, स्मार्ट र भविष्य केन्द्रित EV मोडेलहरू ल्याउने योजना बनाएको छ, जुन नेपाली बजारका लागि अत्यन्तै सान्दर्भिक हुने विश्वास लिइएको छ । हाल बजारमा आएका Kaiyi का गाडीहरु पनि नयाँ सोच र नवीनतम् प्रविधिलाई ध्यानमा राखेर निर्माण गरिएका छन् ।
आज Kaiyi ले ठूलो प्रचार नगरे पनि, ठूलो प्रभाव पारिरहेको छ । र, कम बोलेर धेरै कुरा दिनु नै यसको शक्ति बनिरहेको छ । त्यसैले जब मानिसले सडकमा Kaiyi को गाडी देख्छ, उ एकछिन एकटकले उभिन्छ र आकर्षक EV मा मोहित हुन पुग्दछ । यसबाट पनि Kaiyi ब्रान्ड केवल उपस्थित हुँदै मात्रै छैन, यसले नेपाली उपभोक्ता र अटोमोबाइल्स प्रेमीको विश्वास जित्दैछ भन्ने पुष्टि हुन्छ ।













