Friday, April 24, 2026
spot_img
spot_img

हिमालयन मोट्रक्सले भित्र्यायो लक्जरी इलेक्ट्रीक पीकअप ‘एटेरन–९’, यस्ता छन् फिचर्स

spot_img
spot_img

हिमालयन मोट्रक्स प्रा.लि.ले म्याक्सस ब्राण्डको इलेक्ट्रीक पीकअप नेपाल भित्र्याएको छ । कम्पनीले लग्जरी र प्रिमियम भेरियन्टमा ‘एटेरेन–९’ पीकअप ईभी नेपाल ल्याएको हो ।

नेपाल आएको म्याक्ससको इलेक्ट्रीक पीकअपमा सेग्मेन्टकै ठूलो साइजको ब्याट्री प्याक छ । डब्लूएलटीपीले प्रमाणित गरे अनुसार १०२ किलोवाट आवर क्षमताको ब्याट्री भएको यस पीकअपले एकपटकको फुल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिनेछ ।

म्याक्ससको एटेरन–९ मा २६० एमएम ग्राउण्ड क्लियरेन्स छ । मुख्य भनेको यो पीकअपमा एयर सस्पेन्सन पनि छ । सिटी एरियामा चलाउँदा २३० एमएम ग्राउण्ड क्लियरेन्स राखेर पनि चलाउन सकिने छ ।

फोर ह्वील ड्राइभ अप्सनमा आएको यस पीकअपको अगाडि १२५ र रियरमा २०० किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर भने ३२५ किलोवाट रहेको छ ।

अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड र भेन्टीलेटेड फ्रन्ट एण्ड रियर सिट, मसाज ड्राइभिङ जस्ता विशेषता भएको यो गाडीमा पानारोमिक सनरुफ लगायतका फिचर्स पनि छन् ।

फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ, लेन डिपार्चर वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, ७ वटा एयरब्याग, जस्ता फिचर्सले भरिपूर्ण यस एटेरन–९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ ।

कम्पनीले २ लाख किलोमिटर र ८ वर्षको वारेन्टी दिएको छ । सामान्यतया, १ लाख ५० हजार किलोमिटरको मात्रै वारेन्टी दिइने गरिएपनि हिमालयन मोट्रक्सले भने २ लाख किलोमिटरको वारेन्टी दिएको छ । साथै, मोटरमा पनि ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

मे १४ मा औपचारिक लन्च गर्ने तयारी गरिएको म्याक्सस ‘एटेरेन–९’को अहिले धमाधम बुकिङ भइरहेको छ । अहिले नेपाली बजारमा कम्पनीले ९९ लाख ९९ हजारमा बुकिङ लिइरहेको छ । काठमाडौँ र पोखरामा टेस्ट ड्राइभ पनि सुरु भएको छ । कम्पनीका अनुसार चितवनमा पनि गाडी पठाउने तयारी भइरहेको छ । सुरुमा कम्पनीले ६ युनिट गाडी नेपाल ल्याएकोमा सबै शहरमा पुर्याएर टेस्ट ड्राइभ गराउने लक्ष्य लिएको छ ।

कम्पनीले अहिले काठमाडौँमा थापाथलीबाट अफिसियल काम गर्दै आएको छ । निकट भविष्यमा उत्तरढोकामा शोरुम सञ्चालनमा ल्याउन तयारी अघि बढाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उद्योग वाणिज्य संघ काठमाडौँले भन्यो, ‘गोल्छालाई मानमर्दन हुने गरी हिरासतमा राखिनु दुःखद’

नेपाल उद्योग वाणिज्य काठमाडौँले उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति...

शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको असन्तुष्टि

निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजी...

३ करोड माथिको घरजग्गा कारोबार अब कम्पनीबाट मात्रै, यी २१ मालपोतमा अनिवार्य

३ करोड रुपैयाँभन्दा माथिको थैली रकम भएका घरजग्गा कारोबार...

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए शेयर

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img