सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेका हुन् ।
‘पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई युरो ६ मापदण्ड लागू गरिनेछ’, राष्ट्रपति पौडेलले भने, ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ ।’
युरो ६ (Euro 6) मापदण्ड भनेको युरोपेली संघ (EU) ले तोकेको मापदण्ड हो । जसले कार, बस, ट्रक जस्ता सवारी साधनहरूले वातावरणमा फ्याल्ने हानिकारक ग्यासहरू (जस्तै NOx, CO, PM आदि) को मात्रा सीमित गर्छ ।













