Wednesday, April 22, 2026
spot_img
spot_img

नाडामा लफडाः आकाश गोल्छा वरिष्ठ उपाध्यक्षबाट हटाइए

spot_img
spot_img

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल भित्रको आन्तरिक कलह छताछुल्ल भएको छ । ४७ औँ साधारणसभा तथा महाधिवेशन पश्चातको पहिलो बैठकबाट वरिष्ठ उपाध्यक्षमा चयन भएका आकाश गोल्छालाई नाडाले आन्तरिक विवादकै कारण उक्त पदबाट हटाइदिएको छ ।

नाडाको आधिकारिक वेभसाइटमा वरिष्ठ उपाध्यक्ष पदमा आकाश गोल्छाको नाम र तस्बिर थियो । तर, अहिले उक्त पद नै हटाएर गोल्छालाई सदस्यको रुपमा मात्र राखिएको छ । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष पद राखेको नाडा कार्यसमितिले पहिलो वरिष्ठ उपाध्यक्षलाई नै पदबाट हटाएर पद नै गायब बनाएपछि हलचल मच्चिएको छ ।

खुसुक्क वेभसाइडबाट मात्रै वरिष्ठ उपाध्यक्ष पद हटाइएपनि कार्यसमितिले निर्णय गरेर हटाएको हो वा कुन विधिमार्फत हटाइएको हो भन्ने विषय नाडाले आधिकारिक रुपमा जानकारी गराएको छैन । नाडाका पदाधिकारीहरु नै यसबारे अनविज्ञता प्रकट गरिरहेका छन् ।

तर, स्रोतले भने नाडा फुटाएर नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठन गर्न नेतृत्दायी भूमीका खेलेको भन्दै नाडाका अध्यक्ष करण चौधरी गोल्छासँग रुष्ट थिए । त्यहीँ कारण गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदबाट हटाइएको स्रोतले दाबी गरेको छ ।

यद्यपी आकाश गोल्छाको नाइमाको ११ सदस्यीय सञ्चालक समितिमा छैनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...
spot_img