Wednesday, April 22, 2026
spot_img
spot_img

स्काईवेल ‘विई ११’ र ‘स्काईवेल ईटी ५’ खरिद गर्नेको जोडी नै युरोप भ्रमणमा जान पाउने

spot_img
spot_img

नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । ‘स्काईवेल ड्राईभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफर अन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिनेछ ।

स्काईवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काईवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिङ् समेत प्राप्त गर्न सफल भईसकेको छ, त्यसैगरी चिनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो । अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काईवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र ‘रियल इभी एसयुभी’ कम्पनीले जनाएको छ। काठमाडौं बाट नेपालको कुनै पनि गन्तब्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काईवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाईनिज इभी विरलै पाईन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मूलुकहरुमा स्काईवेलले राम्रो सफलता हात पारेको छ । यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका साथ स्काईवेलको आयातकर्ता जि. मोटर्स प्रा. लि. ले यो विशेष योजना ल्याएको हो ।

‘स्काईवेल ड्राईभ-२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । त्यती मात्र होईन सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राईभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

यसका लागि आफूले स्काईवेल टेस्ट ड्राईभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरि ह्यासट्याग टेस्टड्राईभ स्काईवेल (#TestDriveSkywell) ह्यासट्याग ‘स्काईवेल ड्राईभ नेपाल टु युरोप’ (#DriveSkywellNepalToEurope) लेखेपुग्छ । यसरी टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राईभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राईभको मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ।

स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो जसको विक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काईलेलको विई ११-४१० किमी ७९ लाख ९० हजार र विई ११- ५२० किमी ८९ लाख ९० हजार पर्न जान्छ । स्काईवेलका यि दुवै मोडल फुल साईज एसयुभी हुन् । १९० एमएम ग्राउण्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यि दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण विजनेस क्लास एसयुभी पनि भनेर चिनिंदै आएको छ ।

स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याईसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरु संचालन आईसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...
spot_img