एमजी मोटर्स नेपालले बुटवल र भैरहवामा आफ्ना अधिकृत डिलरहरूमार्फत अत्यधिक प्रतिक्षित एमजी एस५ ईभी सार्वजनिक गरेको छ । बुटवलमा वरुन मोटर्स प्रा.लि. र भैरहवामा थ्री एच.एल. कम्पनी प्रा.ली.मार्फत एस५ सार्वजनिक गरिएको पारामाउण्ट मोटर्सले जनाएको छ ।
भैरहवा र बुटवल क्षेत्रमा विद्युतीय गतिशीलताको नयाँ युगको सुरुवात गरेको कम्पनीको विश्वास छ । लोकप्रीय एमजी जेडएस ईभीको उत्तराधिकारीको रूपमा, एमजी एस५ ईभी अत्याधुनिक प्रविधि, वृद्धि गरिएको प्रदर्शन र आधुनिक ईभी उत्साहिहरूका लागि डिजाइन गरिएको प्रिमियम सुविधाहरूसहित आएको छ ।
गाडी सार्वजनिक सँगै बुटवल र भैरहवा वरपर आक्रामक टेस्ट ड्राइभ र बुकिङको घोषणा गरेका छन् ।
लन्च कार्यक्रममा एमजी मोटर्स नेपालका प्रतिनिधिले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘एमजी एस५ ईभीले विद्युतीय गतिशीलताको भविष्यको लागि हाम्रो दृष्टिकोणलाई मूर्त रूप दिन्छ, जहाँ नवीनता, सुरक्षा र रोमाञ्चक प्रदर्शन एकसाथ आउँछन् । एस५ केवल अर्को विद्युतीय एसयूभी मात्र होइन, यो नेपालको ईभी क्रान्तिको लागि गेम चेन्जर हो ।’













