Wednesday, April 22, 2026
spot_img
spot_img

बजाजले ल्यायो ‘खुसीको मिटर’ योजना, मिटर रोकेर १ लाखसम्म जित्ने अवसर

spot_img
spot_img

नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले जनाएको छ ।

जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउनेछन्। बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।

क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

“”खुसीको मिटर’ केवल एक प्रचारको लागि अफर मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो, ” बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने । “नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभइ किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं ।”

यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...
spot_img