Wednesday, April 22, 2026
spot_img
spot_img

नाडा र वाणिज्य विभागका महानिर्देशकबीच वस्तुमा लेवल राख्नेबारे छलफल

spot_img
spot_img
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले त्यस विभागले मितिः २०८१÷१२÷१४ मा वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ ।
सो छलफलमा अध्यक्ष चौधरीले सो सूचनामा राखिएको प्रावधानहरुमा केही अस्पष्टता रहेकोले त्यसको स्पष्टताको लागि आग्रह गरे।  सो छलफलमा अध्यक्ष चौधरीले सवारी साधनहरुको अधिकतम मूल्यसूचि प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको, स्पेयर पाट्र्समा अधिकतम मूल्य सूचि राख्ने तरिका क्यूआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनु पर्ने, ब्ल्कमा आउने गाडीहरूमा अधिकतम मूल्यसूचि लागू गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी स्पष्टता हुनु पर्ने, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूचि अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्य सूचिलाई कसरी पारदर्र्शी बनाउने, स्पेयर पार्टसमा आउने नटवोल्टहरुमा अधिकतम मूल्यसूचि के कसरी लगाउने भन्ने विषयहरुमा स्पष्टता हुनु पर्ने धारणा राखे।
यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउदै डिजिटल माध्यमबाट स्पेयर पाट्र्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिन्छ, जसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउँने धारणा राखे।
सो भेटघाट तथा छलफलमा वाणिज्य विभागका महानिर्देशक दहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्य सूचि प्रकाशित गर्ने अवधारणा पुरानो भए पनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै अधिकतम मूल्य सूचिलाई पारदर्शी बनाउन अधिकतम मूल्यसूचि स्पष्ट देखिने गरी टाँस्नु पर्ने बताए ।
यसैक्रममा महानिर्देशक दाहालले डिजिटल र ननडिजिटल अधिकतम मूल्यसूचिलाई क्यूआर कोड मार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यमलाई समेट्नुपर्ने बताए । छलफलको अन्त्यमा महानिर्देशक दहालले यस विषयमा सबै सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए।
उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष डा. धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय दिपेन्द्र मिश्रा, प्रकाश कपुरी, सोहन श्रेष्ठ, मेघराज पौडेल, प्रदिपमान प्रधान र आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...
spot_img