Wednesday, April 22, 2026
spot_img
spot_img

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा ‘प्रोजेक्ट डल्फिन’को घोषणा

spot_img
spot_img

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित ‘साइमेक्स ‘बीवाईडी च्यारिटी फाउन्डेसन–सीबीसीएफ’ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ घोषणा गरेको छ । नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि महत्वपूर्ण पहलका रुपमा यो प्रोजेक्ट घोषणा गरिएको साइमेक्स इंकले जनाएको छ ।

विश्व जलचर जनावर दिवस अर्थात ‘वल्र्ड अक्वाटिक एनिमल डे’को अवसरमा बिहीबार पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरिएको हो । जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने विश्वास गरिएको छ ।

गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ ।

नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ । बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बिचको उल्लेखनीय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।

इभेन्टका मुख्य आकर्षणहरु

सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन विषयमा प्यानल डिस्कसन सम्पन्न भएको छ ।

मिडियाकर्मी अभय राज जोशी मोडरेटर रहेको सो प्यानल डिस्कसनमा प्यानलिस्टको रुपमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत तथा नेसनल जियोग्राफिक अनुसन्धानकर्ता र जुलोजिकल सोसाइटी अफ लन्डनको भ्म्न्भ् प्रोग्रामका फेलो अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयबाट मर्करी पोलुसन इन अक्वाटिक इकोसिस्टममा विशेषज्ञता प्राप्त गरिरहेका प्राध्यापक छत्रमान शर्मा, पीएचडी तथा जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक एवम् जनावर अधिकार तथा वातावरणीय न्याय अभियन्ता सृष्टि सिंह भण्डारी र फ्रेसवाटर, डब्लुडब्लुएफका प्रोग्राम एसोसिएट तथा अक्वाटिक इकोसिस्टम विशेषज्ञ आशीष कपाली सहभागी भएका थिए ।

सो इभेन्टको अवसरमा वन्यजन्तु संरक्षणमा उहाँको दशकौं लामो योगदानका लागि ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षिय भोजराज श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उनले डल्फिन संरक्षण कार्यका लागि नेपालमै पहिलो प्रयासको नेतृत्व गरेका थिए । उनले चरा र डल्फिनलाई पुग्ने हानीबाट बचाउनका लागि नेपालभरका बालबालिकाबाट ८ हजार भन्दा बढी गुलेली संकलन गरेका थिए ।

उनले जनचेतना र शिक्षाका लागि डल्फिन संरक्षण केन्द्रको स्थापना गरेका थिए भने उनी ‘मोहना नदीका डल्फिन’ पुस्तक लेखन कार्य गरिरहेका छन् भने डल्फिन संरक्षण कार्य र सामुदायिक पहलको डकुमेन्टिङ गर्ने कार्यमा समेत संलग्न छन् ।

सो अवसरमा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक ‘डल्फिनको सपना’ समेत लोकार्पण गरिएको छ । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित सो पुस्तक साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको विद्यालय सचेतना अभियानको एक भाग हो । सो पुस्तकको कभर बीवाईडीका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरे ।

संरक्षणका लागि एक प्रतिबद्धता

‘सीबीसीएफ प्रोजेक्ट डल्फिन केवल डल्फिन बचाउने मात्र नभई यो भन्दा धेरै ठूलो कार्य हो । यो डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्य समेत हो । फाउन्डेसनबाट हामीले दिगोपना र वातावरण प्रवर्धनप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेका छौ’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने ।

इलेक्ट्रिक मोबिलिटीमा बीवाईडी डल्फिन ईभीले गरिरहेको नवप्रवर्तनलाई नेपालको संरक्षण प्रयाससँग मिलाएर सीबीसीएफ प्रोजेक्ट डल्फिनले दिगो विकास र वन्यजन्तु संरक्षणमा बीवाईडी एक कदम अगाडि बढेको देखाएको छ । नयाँ प्रविधि र संरक्षणलाई जोड्ने कार्यमा अर्थपूर्ण पहल गर्ने कार्यलाई भविष्यमा समेत अझै बढावा दिने कार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन सदैव प्रतिबद्ध रहने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...
spot_img