Wednesday, April 22, 2026
spot_img
spot_img

एमएडब्ल्यूमा वाणिज्य विभागको छापा, दिपल, सेरेस र नामी ईभीको बिक्री रोक्का

spot_img
spot_img

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्ल्यू वृद्धि मोटर्समा छापा हानेको छ । विद्युतीय सवारी (ईभी गाडी)को आयातकर्ता कम्पनी एमएडब्ल्यू वृद्धिले गाडी आयात गर्दा ९९ किलोवाट क्षमताको मोटर पावरको आधिकारिक डकुमेन्ट बुझाउन नसकेको भन्दै विभागले छापा मारेको हो ।

विभागले ९९ किलोवाट क्षमताको पुष्टि हुने कागजात र खुद्रा मूल्य नखुलाएको भन्दै छापा हानेको जनाएको छ । उक्त कम्पनीलाई चैत २० गते पत्र पठाउँदै विभागले बिक्री वितरण रोक्का गरिदिएको छ ।

विभागका अनुसार एमएडब्ल्यू वृद्धि मोटर्स (काठमाडौं–११) र एमएडब्ल्यू वृद्धि अटोकर्प प्रा.लि. (काठमाडौं–११) लाई बिक्री वितरण रोकेर आवश्यक कागजात बुझाउन निर्देशन दिइएको छ ।

विभागका महानिर्देशक कुमार दाहालले पटक–पटक राख्न निर्देशन दिँदा पनि कम्पनीले खुद्रा मूल्यसूची उपलब्ध नगराएपछि बिक्री नै रोक्नु परेको बताएका छन् ।

एमएडब्ल्यू वृद्धिले नेपालमा दिपल, सेरेस र नामी ब्रान्डका ईभी गाडी आयात र बिक्री गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...
spot_img