हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ बर्ष, CHOOSE YOUR FUTURE हुन्डाईं सँग” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र २१, २०८१ देखि नेपाल भरि सुरु भएको छ ।
यस अन्तर्गत कम्पनीले ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको जनाएको छ । कम्पनीका अनुसार “यो नयाँ बर्ष, CHOOSE YOUR FUTURE हुन्डाई सँग” अन्तर्गत ग्राहकहरुले हुन्डाई गाडीको खरीदमा आकर्षक रु ६ लाख सम्म नगद छुट प्राप्त गर्न सक्ने छन् । हालै सार्वजनिक गरिएको “CHOOSE YOUR FUTURE ” को थिमसहित, क्रेटा EV र क्रेटा ICE (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै ICE हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको High voltage ब्याट्री मा ८ वर्ष र गाडी को अरु component मा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।
यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV इभी गाडी खरिद गरि फाईदा लिन कम्पनीले आग्रह गरेको छ।













