Wednesday, April 22, 2026
spot_img
spot_img

गोगोरो नेपालको ब्याट्री स्वापिङ प्रविधिः डिस्चार्ज भएको स्कुटीको ब्याट्री ६ सेकेण्डमै फुलचार्ज

spot_img
spot_img

दुईपाङ्ग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालले ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ । गोगोरोले इलेट्रिक स्कुटरको डिस्चार्ज भएको ब्याट्री ६ सेकेन्डमै फुल चार्ज हुने ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको हो ।

ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रिक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने प्रविधि भित्र्याएको गोगोरो नेपालका प्रतिनिधि चिरञ्जिवी शाहले बताए । उनले काठमाडौंका ब्याट्री स्वापिङ स्टेसनहरु काठमाडौंका ४५ वटा स्थानमा स्थापना गरिसकेको बताए ।

उनले काठमाडौं उपत्यकाबाट शुरुवात गरिएको प्रविधि बिस्तारै देशका अन्य शहरहरुमा समेत विस्तार गरिने बताए । उनले ग्राहकहरुले डिस्चार्ज भएको ब्याट्री घरमा चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने भएको कारण सहजता लागि उक्त प्रविधि सञ्चालनमा ल्याइएको बताए ।

उनले भने, ‘हाम्रो काठमाडौं उपत्यकाबाट हामीले शुरु गरिराखेका छौं । काठमाडौंको दुई तीन किलोमिटर कभर हुने गरेर ४५ वटा ठाउँमा पेट्रोलको स्टेसनको लोकेसनको आधारमा हाम्रो ब्याट्री स्वापिङ स्टेसनहरु छन् । तपाईले आफ्नो डिस्चार्ज भएको ब्याट्री स्टेसनमा राख्नुभयो भने पूरा चार्ज भएको ब्याट्री तपाईले ६ सेकेण्डमा पाउन सक्नुहुन्छ । यहाँ क्यास पेमेन्टहरु गर्नुपर्दैन । डिस्चार्ज भएको ब्याट्रीबाट फुल चार्ज पाउने प्रोसेस तपाईले ६ सेकेन्ड चाँही ब्याट्री आउन लाग्छ । स्कुटर रोकिएर फेरि जाँदासम्म एक मिनेटभित्रमा तपाईले तपाईले आफ्नो सबै प्रक्रिया सम्पन्न गर्न सक्नुहुन्छ । आजभोलिको ग्राहकहरुले घरमा चार्ज गर्दाखेरि ६ देखि ८ घण्टा लाग्छ । पेट्रोलपम्पमा समेत क्यास तिर्न र लाइन बस्न लामो समय लाग्छ । आजको जमानामा मान्छेलाई फास्ट र प्रभावकारी समाधान चाहिएको छ । जुन चाहीँ ब्याट्री स्वापिङ टेक्नोलोजीबाट मात्र सम्भव छ ।’

नेपालमा पेट्रोल स्टेशनहरू जत्तिकै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने गोगोरोको योजना रहेको समेत उनले बताए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img