नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी र नेपाल मै बनेको क्रेटा गाडी सार्वजनिक गरेको छ । कम्पनी आज औपचारिक कार्यक्रम गर्दै यी दुई गाडी सार्वजनिक गरेको हो ।
पहिलो जेनेरेसन क्रेटा सन् २०१५ बाटै उत्पादन तथा बिक्री सुरु भएको थियो । एक दशक यात्रा पछि कम्पनीले सोहि गाडी विद्युतीय भर्जनमा ल्याएको हो ।
क्रेटा ईभीमा दुई वटा ब्याट्री प्याकमा उपलब्ध छ । एउटा ४२ किलोवाट आवरको ब्याट्री छ, जसले ३९० किलोमिटरको रेन्ज दिने बताईएको छ । अर्को ५१.४ किलोवाट आवरको ब्याट्रीले करिब ४७० किलोमिटर रेन्ज दिने बताइएको छ ।
कम्पनीका अनुसार एड्भान्स Technology, Segment first ११ kw Fast AC चार्जिङ सुबिधा लगायत धेरै फिचर क्रेटा ईभीमा पाइनेछ । होम चार्जिङको समय १०%-१००% मात्रै ४ घण्टा रहने छ । साथै Fast DC चार्जिङको समय १०%-८०% मात्रै ५८ मिनेट रहेको छ । ग्राहकको सुरक्षामा सँधै अग्रसर रहेर उच्चस्तरीय Safety प्रत्याभुती प्रदान गर्न ७५+ एड्भान्स Safety फिचर रहेका छन भने ६ Airbag र Four Disc Brake पनि क्रेटा ईभीका महत्वपुर्ण फिचर हुन । नोबल प्रविधिमा V2L फिचर पनि क्रेटा ईभीमा उपलब्ध हुनेछ । ड्राईभ मोड सेलेक्सन (Normal, Eco & Sport), २६.०३cm (१०.२५”) Multi Display Cluster, २६.०३ cm (१०.२५”) HD Audio Video Navigation, Android Auto and Car Play, Voice Recognition, Dual Zone Automatic Temperature Control, Electric Parking Brake with Auto Hold, Paddle Shifters for adjustable regenerative braking, Remote Start with Smart Key, Ventilated front Seat, Shift By Wire, 17” Aero Alloy Wheel लगायत धेरै फिचर क्रेटा ईभीमा पाउन सकिने छ ।
कम्पनीले क्रेटा इलेक्ट्रिकको मूल्य ५१ लाख ९६ हजार रुपैयाँदेखि ५९ लाख ९६ हजारसम्म तय गरेको छ ।
क्रेटा इलेक्ट्रिकको मूल्य

त्यस्तै कम्पनीले नेपाल मै बनेको क्रेटा आईस पनि सार्वजनिक गरेको छ । हुन्डाई र हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नवलपरासीमा निर्माण गरेको एसेम्बल प्लान्टमा यो कार बनेको हो। यस अघि कम्पनीले भेन्यु कार नेपाल मै बनाएको थियो भने अब नेपालमै बनेको क्रेटा सार्वजनिक गरिएको हो ।
नेपाल मै बनेको क्रेटाको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ देखि ७८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ । कम्पनीका अनुसार आयात गरिएका क्रेटाको तुलनामा नेपाल मै बनेको क्रेटा ९ लाख रुपैयाँसम्म सस्तो छ।
नेपाल मै बनेको क्रेटाको मूल्य















