Wednesday, April 22, 2026
spot_img
spot_img

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व झनै बढ्यो, ८० प्रतिशत आयात चीनबाट

spot_img
spot_img

नेपाली बजारमा चिनियाँ सवारीसाधनहरुको वर्चश्व देखिएको छ । पछिल्लो समय चार पाङ्ग्रे विद्युतीय गाडीमा सर्वसाधरणको आकर्षण उच्च बन्दा सवारी साधनहरु नेपाल आउने क्रम बढेको हो ।

भन्सार विभागको फागुनसम्मको तथ्यांकअनुसार ७ हजार ८९ विद्युतीय गाडी नेपालमा भित्रिएका छन् । जसमध्ये चीनबाट ५ हजार २७८ विद्युतीय गाडी भित्रिएका छन् । भारतबाट १७ सय ७५ मात्रै भित्रिएका छन् । नेपालमा आयात हुने विद्युतीय गाडीमा चिनियाँ ब्राण्डको हिस्सा ८० प्रतिशत हाराहारी देखिन्छ । खासगरी विक्रेताहरुले बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्राण्डहरूसँगै भारतबाट टाटा, हुण्डाइ, महिन्द्रा, कियालगायतका ब्राण्डलाई नेपालमा ल्याएर विक्री गरिरहेका छन् । विक्रेताहरुकाअनुसार भारतीय ब्राण्डको सूचिमा टाटा मोटर्स पनि सामेल छ । जसले हाल पन्च ईभी र टियागो ईभीमार्फत राम्रो कारोबार गरिरहेको छ ।

त्यसो त, भारत पनि विद्युतीय गाडीहरु उत्पादनमा जोडतोडले लागेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘सवारी साधनको विश्वव्यापी प्रदर्शनी’ को दोस्रो संस्करणको उद्घाटन गर्दै विद्युतीय सवारीसाधनलाई जोड दिएर १०० भन्दा बढी नयाँ सवारी साधन, कम्पोनेन्ट र प्रविधिको प्रस्ताव राखिने बताएका थिए । सवारीसाधन निर्मातासँगै कम्पोनेन्ट, इलेक्ट्रोनिक उपकरण, टायर र ऊर्जा भण्डारण उत्पादकका साथै सवारी साधन सफ्टवेयर कम्पनीका उत्पादनहरूलाई समेत बढाउने उसको नीति छ ।

तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८÷०७९ को बजेट प्रश्तुत गर्दै विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन नीतिअनुरुप विद्युतीय सवारी उत्पादन गर्ने विश्वका १० ब्राण्डलाई नेपाल ल्याउन प्रोत्साहित गर्ने घोषणा गरेका थिए । पौडेल नै अहिले अर्थमन्त्री छन्। अहिले पनि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई २०८८ सालसम्म विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजनालाई कार्यान्वयन गर्ने सरकारको लक्ष्य राखेको छ ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले तातोपानी र रसुवागडीबाट विद्युतीय गाडीहरुको आयात उच्च गतिमा बढेको बताए। उनले भने–‘बजारमा विद्युतीय गाडीहरुको डिमाण्ड उच्च छ, माग अनुसार व्यापरीहरुले पनि चीनियाँ गाडीहरु ल्याइरहेका छन्, जसकारण हाम्रो रेभिन्यूमा समेत राम्रै प्रभाव परिरहेको छ ।’

उनका अनुसार भन्सार जाँचपासका लागि समयमै व्यापारीले प्रक्रिया अघि नबढाउँदा ¥याडमा गाडी थ्रुपिएर बस्ने गरेका छन् । भन्सार गर्नका लागि ठूलो रकम लाग्ने भएकाले पनि व्यापारीहरुले जाँचपासका लागि ढिला प्रक्रिया अघि बढाएको हुन सक्ने उनले बताए। प्रक्रिया अघि बढाएको केही घण्टामै जाँचपास गरिने गरिएको रेग्मीको भनाई रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img