Wednesday, April 22, 2026
spot_img
spot_img

नाडामा आवद्ध संस्था र प्रतिष्ठानले आफ्ना श्रमिकलाई सा.सु. कोषमा आवद्ध गराउने

spot_img
spot_img

पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल र श्रम मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नाडा र सामाजिक सुरक्षा कोषबीच नाडामा आवद्ध संघ संस्था र प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने र कोषले सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासँगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको हो । उक्त सझदारीपत्रमा समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

 समझदारी अनुसार अब नाडामा आवद्ध संघ संस्था र प्रतिष्ठानहरुले आफ्ना श्रमिकहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने छन् । साथै, नाडाले हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध हुनेछन् ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी पनि उपस्थित थिए ।नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती र सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img