Wednesday, April 22, 2026
spot_img
spot_img

जीएसी प्लेटफर्ममा बनेको टोयोटा ईभी चीनमा सार्वजनिक, मूल्य अहिले सम्मकै सस्तो

spot_img
spot_img

टोयोटाले चीनमा बीजेड ब्रान्डअन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार बीजेड३एक्स सर्वजनिक गरेको छ । कम्पनीले सो कार केवल १५ हजार १ सय डलरमै सार्वजनिक गरेको हो, जुन चीनकै सबैभन्दा सस्तो ईभी कार भएको बताइएको छ । चिनियाँ संचारमाध्यमहरुका अनुसार सो कार सार्वजनिक भएको पहिलो घण्टामै १० हजार युनिट अर्डर भएको थियो ।

कम्पनीका अनुसार यसको अधिकतम रेन्ज ६१० किलोमिटर छ । यो गाडी जीएसी आयन भीमा आधारित रहेको यसको आकार, मोटर समान रहेपनि ब्याट्री भने फरक रहेको बताइएको छ । टोयोटा जस्तो विख्यात ब्राण्डले भने जीएसी आयन भी प्लेटफर्ममा बनाएको गाडी सार्वजनिक गरेपछि जीएसी प्लेटफर्मप्रति विश्वास बढ्ने देखिएको छ ।

बीजेड३एक्स ५-ढोका र ५-सीट भएको गाडी हो, जसको आयाम ४६००/१८५०/१६०० मिमी (लम्बाइ/चौडाइ/उचाइ) र २७६५ मिमीको ह्वीलबेस छ । गाडीमा १५० किलोवाट वा १६५ किलोवाटको अधिकतम शक्ति भएको एकल इलेक्ट्रिक मोटर छ, जसको अधिकतम गति १६० किमी प्रतिघण्टा छ ।

कम्पनीका अनुसार यो गाडीमा विद्युत लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री छ, जुन तीन प्रकारमा उपलब्ध छ: ५०.० किलोवाट आवर, ५८.४ किलोवाट आवर र ६७.९ किलोवाट आवर। यसले  क्रमशः ४३० किमी, ५२० किमी र ६१० किमी रेन्ज दिने कम्पनीले जनाएको छ।

यो गाडी लिडार र चिनियाँ स्वायत्त ड्राइभिङ स्टार्टअप मोमेन्टाको उन्नत ड्राइभर-सहायता प्रणाली (एडीएएस) ले सुसज्जित रहेको बताईएको छ। कम्पनीका अनुसार ५२० प्रो र प्रो+ संस्करणहरूमा रोबोसेन्सको लिडार र मोमेन्टा ५.० सहायता ड्राइभिङ टेक्नोलोजी छ, भने शीर्ष ट्रिम ६१० म्याक्समा वैकल्पिक लिडार र मोमेन्टा ५.० एडीएएस छ। बाँकी ट्रिमहरूमा मानक टोयोटा पाइलट ड्राइभर सहायता प्रणाली उपलब्ध छ। मोमेन्टा ५.० ले बीजेड३एक्सलाई एचडी नक्सा बिना नै नेभिगेट अन अटोपाइलट (एनओए) कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ।

गाडीको भित्री डिजाइन टेस्लाको जस्तै  रहेको र यसमा १४.६ इन्चको ठूलो स्क्रिन राखिएको छ। तर, यो पुरानो क्वालकम स्न्यापड्रागन ८१५५ चिपद्वारा संचालित छ, जबकि धेरै नयाँ ईभीहरू पहिल्यैदेखि शक्तिशाली स्न्यापड्रागन ८२९५ ले सुसज्जित छन्।

लिडार-सुसज्जित ट्रिमहरूमा २५४ टप्सको कम्प्युटिङ पावर भएको एनभिडिया ओरिन एक्स चिप छ। टोयोटाले बीजेड३एक्स चीनको संयुक्त उद्यमबाट लिडार भएको पहिलो गाडी भएको दाबी गरेको छ।

टोयोटाले ६५% पार्ट्स चिनियाँ आपूर्तिकर्ताबाट र केवल १% आयातित भएको बताएको छ। टोयोटा बीजेड३एक्स जीएसी-टोयोटा संयुक्त उद्यमद्वारा उत्पादन गरिएको हो र हाल यो चीनमा मात्र उपलब्ध छ।

टोयोटाले चीनमा पहिल्यैदेखि दुई पूर्ण इलेक्ट्रिक बीजेड सिरिजका गाडीहरू ल्याइसकेको छ जुन् बीजेड४एक्स एसयूभी र बीजेड३ सेडान हुन् । यी गाडी बीवाइडीसँग मिलेर विकसित गरिएको थियो र बीवाइडीको इलेक्ट्रिक मोटर र ब्याट्री प्रयोग गरिएको थियो। बीजेड४एक्सको डेलिभरी चीनमा रोकिएको छ भने बीजेड३ को बिक्री अपेक्षा गरेभन्दा खराब छैन। जनवरीमा कम्पनीले ३५१० युनिट बिक्री गरेको थियो, जुन गत वर्षको तुलनामा ४५% बढी हो।

टोयोटाले बीजेड३एक्सले सार्वजनिक भएको एक घण्टाभित्रै १०,००० अर्डर प्राप्त गरेको र यसको सर्भर क्र्यास भएको बताएको छ। प्रारम्भिक खरिदकर्ताहरूले ५००० युआन (७०० अमेरिकी डलर) को सीमित समयको छुट पाउने पनि बताईएको छ।

यो कार निकट भविष्यमा नेपालमा पनि आउने बताईएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img