Wednesday, April 22, 2026
spot_img
spot_img

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुला

spot_img
spot_img

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्दै छ । काठमाण्डौंको भृकुुुुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img