Thursday, April 23, 2026
spot_img
spot_img

४४ लाखमै आयो बहुप्रतिक्षित एमजी एस–५, पचास हजार तिरेर बुकिङ गर्न सकिने

spot_img
spot_img

एमजीका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस–५ सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नयाँ एस–५ एसयूभी भव्य समारोहबीच सार्वजनिक गरेको हो ।

कम्पनीले दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा एस–५ लन्च गरेको हो । एस–५ मा ४९ र ६२ किलोवाट आवर क्षमताका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको र यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ ।

४९ किलोवाट आवरको ब्याट्री भएको मोडल दुई भेरियन्टमा उपलब्ध छ । जसमध्ये इन्ट्री भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फुल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

पारामाउण्टले एस–५ को बुकिङ लिन सुरू गरेको छ । यो गाडी ५० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ ।

एमजी एस(५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

एस–५मा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरले २६ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । डिसी चार्जरबाट ठूलो ब्याट्री २१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ । एस–५ रहेको एलएफपी ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ ।

ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको यस गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img