Thursday, April 23, 2026
spot_img
spot_img

नेपाल आउन लागेको ‘दिपल एस०५’लाई प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’

spot_img
spot_img

चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ । आईएफ डिजाइन अवार्ड आयोजकले दिपल एस०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको प्रतिवद्धतालाई मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टतर्फ यो अवार्ड प्रदान गरेको हो ।

दिपलको लोकप्रिय मोडेल एस०७ को सिब्लिङ एस०५ मा फ्युचरिस्टिक एस्थेटिक्स र अत्याधुनिक प्रविधि सम्मीश्रण छ । यसमा नयाँ ककपिट इन्टरेक्सन सिस्टम, स्लिक डिजाइन र उत्तरआधुनिक फिचर छन्, जसले ड्राइभिङ अनुभवलाई पुनर्परिभाषित गर्ने छ । स्टाइल, इन्टिलिजेन्स र इकोफ्रेन्ड्लीनेसलाई एस०५ ले नयाँ मापदण्ड स्थापित गर्नेछ ।

‘इनोभेटिभ इन्टरेक्टिभ एक्सपिरियन्सले कारण दिपल एस०५ लाई अरूभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट छ । यस्ता फिचरले एस०५ लाई इन्टिलिजेन्ट, इफिसेन्ट बनाएको छ,’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ ।

यो वर्ष आईएफ अवार्डका लागि ६६ देशबाट ११ हजार आवेदन परेका थिए । जर्मनीको ह्यामबर्गमा आयोजना भएको यो अवार्ड समारोहमा २३ देशका १ सय ३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो ।

पाँच महिनाअघि ग्लोबल लन्च गरिएको दिपल एस०५ ले चिनियाँ अटो बजारमा अहिले राम्रो चर्चा कमाइरहेको छ । केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ अर्को महिना नेपाल एमएडब्लू वृद्धिले नेपाल ल्याएँदैछ ।

दिपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ । उसले हरेक वर्ष आफ्नो आम्दानीको १० प्रतिशत टेक्नोलोजिकल रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने गरेको छ ।

आउँदो तीन वर्षमा दिपलले विश्वभरि ९ नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ । हालसम्ममा दिपल चीनबाहेक दक्षिणपूर्वी एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img