सिजी मोटर्स प्रा. लि.ले नेपालमा जेटुर (JETOUR) ब्राण्डको इलेक्ट्रिक गाडी भित्र्याउने भएको छ । चेरी समूहको छातामुनि रहेको अग्रणी ब्रान्ड जेटुर आफ्नो एसयूभीहरूको लागि प्रख्यात छ।
सिजी मोटर्स प्रा. लि. र जेटुरबीच भएको समझदारीअनुसार जेटुरका उत्पादनहरू सिजी मोटर्सको नेटवर्कमार्फत नेपालमा भित्र्याइनेछ। यस सहकार्यले नेपालमा विश्वभर चर्चित, छिटो वृद्धि भइरहेको, र भरपर्दो विद्युतीय सवारी साधन ब्रान्ड जेटुर उपलब्ध गराउने सिजीले जनाएको छ।
सम्झौतापत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन सु र सिजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत/निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा जेटुर अटोका उपाध्यक्ष के चुआन्देङ र हङकङ मेहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेडकी अध्यक्ष हुआमेई झाउ पनि उपस्थित थिए।













