Thursday, April 23, 2026
spot_img
spot_img

नेपाल भित्रियो दिपल ई०७, मूल्य कति ?

spot_img
spot_img

नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपाल भित्र्याएको छ । एमएडब्लु वृद्धिले शनिबार दिपल ई०७ ‘शो’ गरेको छ । सोमबार आधिकारिक रुपमा ‘लन्च’ गरिने कम्पनीले जनाएको छ ।

‘भर्सटाइल’ र ‘स्टाइलिस’ डिजाइन रहेको दिपल ई०७ आधुनिक विशेषताले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । जसले अफरोडमा पनि यो इभी ‘कम्फर्ट’ हुने विश्वास गरिएको छ ।

१९० किलोवाटको ‘रियरह्वील ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । एक पटकको फूल चार्जमा यस इभीले ६४० किलोमिटर रेन्ज दिने बताइएको छ । अन्य विशेषता गाडी ‘लन्च’का क्रममा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

यसको मूल्य १ करोड ४ लाख हाराहारी तय हुने देखिएको छ । यद्यपी, कम्पनीले मूल्यबारे आधिकारिक जानकारी भने दिइसकेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img