Thursday, April 23, 2026
spot_img
spot_img

बीवाईडीको ‘सेभेट सिटर’ एम६ ईभी सार्वजनिक, मूल्य कति ?

spot_img
spot_img

बीवाईडीले बहुप्रतीक्षित मल्टि पर्पोज भेहिकाल (एमपीभी) बीवाईडी एम६ सार्वजनिक गरेको छ । पोखरामा आयोजित अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा साइमेक्स इंकले ७ सिट क्षमताको एम६ ईभी सार्वजनिक गरेको हो ।

यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालको प्रमुख प्रयटकीय शहर पोखरामा उक्त गाडी सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो गाडी सबै ग्राहकका लागि उत्कृष्ट रोजाइ हुने विश्वास व्यक्त गरिन् ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बीवाईडीले दिगो र गुणस्तरमा विश्वास गर्ने बताउँदै बीवाईडीका ईभी गाडीले ७७ अर्ब किलो कार्बनडाइअक्साइदको उत्सर्जन रोकेको बताए ।

बीवाईडीको प्रयोजनमा पोखरामा बेलुन फेस्टिवल सुरु भएको छ ।

एम६ गाडीले नेपालमा नयाँ बेञ्चमार्क सेट गर्ने र यो सबैभन्दा कमफरटेबल ७ सिटर गाडी भएको साइमेक्सले बताएको छ ।

यस्ता छन् फिचर

बीवाईडीको विद्युतीय एमपीभी एम६ मा ७१.८ किलोवाट आवरको ब्याट्री छ । गाडीले डब्लूएलटीपीका आधारमा ४४० किलोमिटर रेन्ज दिने बताइएको छ। एम६ मा १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर छ भने गाडीको टर्क २५० एनएम छ ।

कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको बीवाईडी एम६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यो एमपीभी (मल्टी युटिलिटी भेइकल) नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटीका आधारमा डिजाइन गरिएको बताइएको छ ।

गाडीमा ७ वटा प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्षमता छ । ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्ने गाडीलाई ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

गाडीमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर जस्ता एड्भान्स्ड सेफ्टी फिचर छन् । १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधि पनि यो एमपीभीमा छन् । बीवाईडी एम६ एमपीभीको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img