कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको दूध वापतको रकमको भुक्तानीको सवालमा आफूले कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका छन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानबाट उधारोमा दूध लिने डेरी तथा उद्योगीले नगदमा बिक्री गर्ने र किसानको उधारो भूक्तानी नगरी त्यो पैसा अन्यत्र लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
दूध किसानको समस्या समाधान गर्नेतर्फ आफू केन्द्रित भएको भन्दै मन्त्री अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको पनि जानकारी दिए ।
निजी डेरीलाई किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले रसायनिक मलको रकम केही समयको लागि परिचालन गर्न अर्थ मन्त्रालयसँग छलफल गरिरहेको पनि जनाए ।