Friday, July 10, 2026
spot_img

दुग्ध किसानले जसरी पनि भुक्तानी पाउनुपर्छः कृषिमन्त्री अधिकारी

spot_img

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको दूध वापतको रकमको भुक्तानीको सवालमा आफूले कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानबाट उधारोमा दूध लिने डेरी तथा उद्योगीले नगदमा बिक्री गर्ने र किसानको उधारो भूक्तानी नगरी त्यो पैसा अन्यत्र लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

दूध किसानको समस्या समाधान गर्नेतर्फ आफू केन्द्रित भएको भन्दै मन्त्री अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको पनि जानकारी दिए ।

निजी डेरीलाई किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले रसायनिक मलको रकम केही समयको लागि परिचालन गर्न अर्थ मन्त्रालयसँग छलफल गरिरहेको पनि जनाए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img