Saturday, June 27, 2026
spot_img

दुबई मेलामा सहभागीता जनाउनेबारे एईसीमा छलफल, सम्भाव्य वस्तुहरु छनौट गर्न उपसमिति गठन

spot_img
spot_img

दुबईको ‘वल्र्ड ट्रेड सेन्टर’मा आयोजना हुने अन्तर्राष्ट्रिय मेलामा नेपालबाट सहभागीता जनाउँदा प्रदर्शनीमा राख्न सकिने सम्भावित वस्तुहरुबारे नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले छलफल गरेको छ । नोभेम्बर १८ देखि २० सम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय मेलामा नेपालबाट सम्भावित वस्तुहरुको छनोट गरि सहभागीता जनाउने उदेश्यले केन्द्रले ‘फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशन नेपाल’को सहयोगमा छलफल गरेको हो ।

छलफल कार्यक्रमको अध्यक्षसमेत रहेका केन्द्रका सभापति डी.बी. बस्नेतले कृषी उद्यम केन्द्र कृषी उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउँदै दुबईमा हुने मेला नेपालका निर्यातजन्य कृषी वस्तुहरुको प्रचार प्रसार, प्रवद्र्धन र बजारीकरणका लागि फलदायी हुने देखिएको बताए । उनले यसकारण उक्त मेलामा सक्रियतापूर्वक सहभागीता जनाउन उद्यम व्यवसायीलाई अनुरोध गर्दै यसका लागि केन्द्रले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

केन्द्रका सह–सभापति राजकुमार कार्कीले नेपाली व्यवसायीहरुका लागि दुबई मेला खाडी क्षेत्रमा व्यवसाय प्रवद्र्धन गर्ने राम्रो अवसर हुने विश्वास व्यक्त गरे ।

अलैँची, चिया, अदुवा, मह, जडिबुटीसहित अर्गानिक वस्तुसँग सम्बन्धित २९ भन्दा बढी सरोकारवालाहरु सहभागी उक्त छलफल कार्यक्रममा दुबई मेलामा सहभागी हुनका लागि तोकिएका प्रावधान र मापदण्डबारे फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशनका सिनियर कन्सल्ट्यान्ट डिल्ली शर्माले जानकारी गराए । उनका अनुसार सो मेलामा विभिन्न देशका १० हजार भन्दा बढी स्टलहरु रहने छन् । शर्माले पनि उक्त मेला नेपालका लागि महत्वपूर्ण रहने र नेपाली वस्तुहरुको बजारीकरणका लागि राम्रो अवसर हुने जानकारी गराए ।

अन्तकृया कार्यकबाट कृषी उद्यम केन्द्रका सह‒सभापति राज कुमार कार्कीको संयोजकत्वमा सुमित केडिया, शान्ता बास्कोटा कोइराला, सरस्वती राई र ओमनाथ अधिकारी रहेको व्यवसाय तथा वस्तु छनौट उपसमिति गठन गरिएको छ । उक्त उपसमितिलाई मेलाका लागि सम्भाव्य वस्तुहरु छनौट गर्न सुझाव दिने तथा मेलामा नेपाली व्यवसायीहरुको सहभागिता प्रभावकारी बनाउन अन्य निकायहरुसँग समेत समन्वय तथा सहकार्य गर्ने जिम्मेवारी तोकिएको छ ।

मुलतः नेपालबाट उक्त मेलामा अलैँची, चिया, कफी, दुध, मह, जडिबुटी आदि बस्तुहरुसँग सम्बन्धित व्यवसायिक उत्पादनहरु प्रदर्शनीमा राख्ने लक्ष्य लिइएको छ । मेला आयोजकले उपलब्ध गराउने स्थानमा “नेपाल प्याभिलेन” स्थापना गरि सम्भाव्य वस्तुहरु राखिने केन्द्रका सह‒सभापति राज कुमार कार्कीले बताए ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img