सरकारले सरकारी कर्मचारीको तलव सुरु स्केलमा १० प्रतिशतले बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार १० प्रतिशत तलव वृद्धि गर्दै महँगी भत्ता निरन्तर राखिएको छ । ग्रेडसहित गर्दा अब सरकारी कर्मचारीको तलव न्युनतम ४० हजारदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म पुगेको छ ।
यसो हुँदा कर्मचारीको तलवमा २१ प्रतिशतको खुद वृद्धि भएको अर्थमन्त्रीको भनाई छ ।












