पुँजीबजारमा एनआरएन भित्र्याउन सरकारले विभिन्न ४ प्रकारका काम गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृत, लगानी लेखांकन, नाफा फिर्ता, र पुँजीगत लाभकर समबन्धि कानूनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरेका हुन्।












