सरकारले विदेशी लगानीकर्तालाई छुट्टै भिसा प्रदान गर्ने भएको छ । विदेशी लगानीलाई प्रोत्साहन तथा प्रबर्धन गर्न सरकारले लगानीकर्तालाई ‘इन्भेष्टर भिसा’ प्रदान गर्ने भएको हो ।
आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।












