Saturday, July 18, 2026
spot_img

बजेटका लागि रामेछाप उद्योग वाणिज्य संघले अर्थ मन्त्रालयलाई पठायो सुझाव

spot_img

रामेछाप उद्योग वाणिज्य संघले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थ मन्त्रालयलाई सुझाव पठाएको छ । नेपाल उद्योग वाणिज्य महासंघमार्फत रामेछाप उद्योग वाणिज्य संघले बजेटका लागि सुझाव पठाएको हो ।

हालको विद्यमान अवस्था, उक्त व्यवस्था परिमार्जन गरेर राख्नुपर्ने प्रावधान र त्यसको पुस्ट्याईंसहित रामेछाप उद्योग वाणिज्य संघले सुझाव पठाएको हो ।

आयकरतर्फ व्यक्तिगत आयकर संरचना, कर प्रशासन, व्यवसायिक कराधान र कर छुट तथा प्रोत्साहन शीर्षकमा सुझाव पठाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ भ्याट दर्ता सीमा, नक्कली बिल तथा चुहावट नियन्त्रण, भ्याट फिर्ता प्रणाली र उपभोक्ता सचेतना सम्बन्धमा संघले सुझाव पठाएको छ ।

स्थानीय करतर्फ स्थानीय तहको कर प्रणाली, दोहोरो कराधान, सम्पत्ति कर र सेवा शुल्कको विषय पनि सुझावमा समेटिएको छ । यसैगरी, राजस्व अनुसन्धान तर्फ अनुसन्धान क्षमता, अन्तरनिकाय समन्वय, सीमा निगरानी र अनुसन्धान प्रक्रियाका सम्बन्धमा संघले तीन महले नै बनाएर सुझाव बुझाएको छ ।

यस्तै, उद्योगतर्फ उद्योग दर्ता, औद्योगिक पूर्वाधार, आयातमा निर्भरता र श्रम नीतिका विषय संघले सुझावमा समेटेको छ । वाणिज्य तथा निर्यात प्रवद्र्धनतर्फ निर्यात प्रतिस्पर्धा, ब्यापार सहजीकरण, ब्यापार घाटा, ई–वाणिज्यलाई समेटेर सुझाव तयार पारिएको छ ।

साथै, बैंक तथा वित्तीय क्षेत्रतर्फ कर्जा प्रवाह, खराब कर्जा, वित्तीय पहुँच र ब्याजदर अस्थिरताको विषय पनि उल्लेख गरिएको छ । बीमा क्षेत्रमा कृषि बीमा, बीमा पहुँच, डिजिटल बीमा र नियमनको विषय समेटिएको छ । यसका साथै, सूचना प्रविधितर्फ आईटी उद्योग, डिजिटल पूर्वाधार, साइबर सुरक्षा र स्टार्टअप प्रवद्र्धनलाई समेटिएको छ ।

यसैबीच, कृषितर्फ उत्पादन लागत, बजार पहुँच, कृषिको आधुनिकीकरण र वित्त पुहँचलाई समावेश गरिएको छ । पर्यटनतर्फ पर्यटन पूर्वाधार, पर्यटन प्रवद्र्धन, धार्मिक तथा सांस्कृतिक पर्यटन र पर्या पर्यटनलाई समेटिएको छ ।

पूँजीबजारतर्फ बजारको दायरा, नियमन, वित्तीय उपकरण, आईपीओ प्रक्रिया, दोस्रो बजार पहुँच, लगानीकर्ता संरक्षण, विदेशी लगानी र कर नीतिलाई सुझावमा समावेश गरिएको छ ।

पूर्वाधार विकासतर्फ राष्ट्रिय गौरवका आयोजना, सार्वजनिक खरिद प्रणाली, पीपीपी मोडल, सडक, ऊर्जा र शहरी पूर्वाधार, डिजिटल र हरित पूर्वाधार, विमानस्थल तथा यातायात र आयोजना वित्तलाई समेटिएको छ ।

भन्सार प्रशासनतर्फ भन्सार प्रक्रिया, भन्सार चुहावट, सीमा पूर्वाधार, भन्सार संरचना, अन्तरनिकाय समन्वय, निर्यात प्रोत्साहन, मानव संशाधन र सीमा सुरक्षाको विषय उल्लेख गरिएको छ । साथै, गैर–कर राजस्वतर्फ सेवा शुल्क तथा दस्तुर, प्राकृतिक स्रोतबाट राजस्व, सरकारी सम्पत्ति व्यवस्थापन, सार्वजनिक संस्थान लाभांश, पर्यटन शुल्क, सवारी तथा यातायात शुल्क, दूरसञ्चार तथा डिजिटल सेवा र वातावरणीय सेवा शुल्कलाई समेटिएको छ ।

यसैगरी, अन्तःशुल्कतर्फ दर र संरचनाको सुधार, अन्तःशुल्क स्टिकर तथा ट्रयाकिङ प्रणाली, मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, साना तथा घरेलु उद्योगको अन्तःशुल्क दायित्व, अन्तःशुल्क इजाजतपत्र नवीकरण, कर चुहावट नियन्त्रण, अन्तःशुल्क विवरण पेश प्रणाली र हरित तथा वातावरणमैत्री उद्योग प्रोत्साहनलाई समावेश गरिएको छ । अन्तःशुल्क सम्बन्धि कानूनी अस्पष्टता, अनुगमन तथा निरीक्षण प्रणाली, अन्तःशुल्क छुट तथा सहुलियत समीक्षा, कर्मचारी क्षमता विकास, राजस्व पूर्वानुमान प्रणाली, उद्योगमैत्री कर प्रशासन र ई–भूक्तानी प्रणाली विस्तार जस्ता सुझावहरु समेटिएको छ ।

रामेछाप उद्योग वाणिज्य संघका महासचिव यज्ञप्रसाद सुवेदीले हस्ताक्षर गरेर उद्योग वाणिज्य महासंघमा पठाइएका यी सुझावहरु अब महासंघले एकिकृत गरेर सरकारलाई बुझाउनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img