Sunday, July 19, 2026
spot_img

बजेट कार्यान्वयनः लक्ष्यभन्दा २४० अर्ब कम राजस्व संकलन, १ खर्ब २९ अर्ब विकास बजेट खर्चै भएन

spot_img

आज २०८२ साउन १ गते । आजबाट आर्थिक वर्ष २०८२/०८३ प्रारम्भ भएको छ । सरकारले २०८२ जेठ १५ गते ल्याएको १९ खर्ब ६४ अर्ब बराबरको बजेट आजबाट कार्यान्वयन हुँदैछ ।

नयाँ आर्थिक वर्ष सुरु भएको दिन गत आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यान्वयन कस्तो रह्यो भनेर हेर्दा अवस्था दयनीय नै देखिएको छ । विगत वर्षहरुमा पूँजीगत खर्च लक्ष्य अनुसार गर्न नसक्ने भन्दै सरकारको आलोचना हुने गरेपनि अहिले त झन आम्दानी पनि लक्ष्य अनुसार हुन छोडेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकलनको अस्वभाविक लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको समाप्ती सम्ममा जम्मा ११ खर्ब ७८ अर्ब ८२ करोड राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । संकलित राजस्व लक्ष्यको ८३.०६ प्रतिशत हो ।

यसमध्ये सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख संकलनको लक्ष्य लिएपनि आर्थिक वर्षको अन्तिम दिनसम्म १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख मात्रै संकलन भएको छ । कुल संकलित कर लक्ष्यको ८१.७५ प्रतिशत मात्रै हो ।

गैरकर राजस्व भने करिब लक्ष्यकै हाराहारी संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सरकारले १ खर्ब ३५ अर्ब ९ करोड गैरकर राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । यो लक्ष्यको ९५.४५ प्रतिशत हो ।

यस्तै, अनुदानबापत आर्थिक वर्ष २०८१/०८२ मा ५२ अर्ब ३२ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको भएपनि जम्मा २३ अर्ब ५३ करोड ८१ लाख मात्रै अनुदान आएको छ । यो भनेको लक्ष्यको केवल ४४.९८ प्रतिशत मात्रै हो ।

यस्तै, १७ अर्ब ३६ करोड ९७ लाख अन्य शीर्षकबाट आम्दानी भएको छ ।

आम्दानीतर्फ सरकारले कर राजस्व, अनुदान, गैरकर राजस्व र अन्य आम्दानी गरी आर्थिक वर्ष २०८१/०८२ मा कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख संकलनको लक्ष्य लिएको भएपनि जम्मा १२ खर्ब १९ अर्ब ७२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

खर्चतर्फ

यसैगरी, सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको कुल बजेटमध्ये आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा १५ खर्ब २३ अर्ब १० करोड मात्रै खर्च गर्न सकेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ कुल ११ खर्ब ४० खर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएको भएपनि ९ खर्ब ८० अर्ब ३८ करोड २१ लाख मात्रै खर्च भएको छ । यो भनेको लक्ष्यको ८५.९५ प्रतिशत हो ।

यसैगरी, गत आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख पूँजीगत बजेट छुट्याइएकोमा जम्मा २ खर्ब २२ अर्ब ६८ करोड २३ लाख मात्रै भएको छ । यो भनेको कुल विनियोजित बजेटको ६३.२ प्रतिशत हो । विनियोजन भएकोमध्ये १ खर्ब २९ अर्ब ६७ करोड १७ लाख पूँजीगत बजेट खर्च हुनै सकेन ।

ऋणको साँवा र ब्याज भूक्तानीका लागि वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाखमध्ये ३ खर्ब २० अर्ब ४ करोड २४ लाख रकम बजेट खर्च भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएका थिए भने कार्यान्वयन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img