Sunday, July 19, 2026
spot_img

बजेटमा सीएनआईका २१ सुझाव पूर्णरुपमा र ४३ सुझाव आंशिक सम्बोधन: वरिष्ठ उपाध्यक्ष पाण्डे

spot_img

नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सरकारले ल्याएको बजेटमा परिसंघले दिएको १११ मध्ये २१ सुझाव पूर्णरूपमा समेटिएको र ४३ सुझाव आंशिक रूपमा सम्बोधन गरिएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको बजेट अ होलिस्टिक डिस्कोर्स कार्यक्रममा बोल्दै उनले स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रमा बजेटले ल्याएका प्रस्तावहरू सराहनीय रहेको धारणा राखे ।

पाण्डेले डाटा सेन्टर स्थापना, पाँच वर्षसम्म आयकर नलाग्ने व्यवस्था र सुरक्षा सम्बन्धी व्यवस्थाहरू सकारात्मक रहेको उल्लेख गरे । साथै, विदेशी लगानी गर्न पाउने विषयलाई पनि उत्साहजनक पहलका रूपमा लिएको उनको भनाई थियो । मूल्य अभिवृद्धि कर (भ्याट)लाई मल्टी–भ्याटमा रूपान्तरण गर्ने माग आंशिक रूपमा सम्बोधित भएको र चितवन तथा मयुरधापमा अघि बढाइएको निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने प्रयास देखिएकोमा उनले सन्तोष व्यक्त गरेका छन् ।

उनले औद्योगिक विकास रणनीति निर्माण गर्नुपर्ने प्रस्तावलाई बजेटमा नसमेटिएकोमा चासो व्यक्त गरे भने गुणस्तरीय वस्तु तथा सेवा आयातसम्बन्धी सुझावहरूलाई बेवास्ता गरिएको बताए । उर्जा क्षेत्रमा कार्यान्वयनमा रहेको टेक एन्ड पे नीति चुनौतीपूर्ण रहेको र यसलाई पुनरावलोकन गर्नु आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रको तर्फबाट सरकारलाई आवश्यक रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img