विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल मात्रै लाग्ने भएको छ ।
सरकारले ईभीको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्नका लागि आवश्यक उपकरण आयात गर्दा १ प्रतिशत मात्रै भन्सार महसुल लिने भएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले १ प्रतिशत मात्रै भन्सार महसुल लिएर अन्य सबै कर तथा महसुल नलाग्ने व्यवस्था गरिएको घोषणा गरेका हुन् । साथै, यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट समेत हुने जनाइएको छ ।









