नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी हालको व्यवस्था पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने जनाएको हो ।
‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।













