Sunday, October 6, 2024
spot_img

स्वस्तिक लघुवित्तः मधेशमा वित्तीय जागरण र निर्वाहमुखी खेतीलाई उद्यमशीलतामा रुपान्तरण

मधेश प्रदेशका स्थानीय व्यवसायीहरु, तथा लघुवित्त र बीमा क्षेत्रमा लामो अनुभव प्राप्त गरेका व्यक्तित्वहरु मिलेर एउटा वित्तीय संस्था मधेश प्रदेशको सिराहा जिल्लामा केन्द्रीय कार्यालय राखी संचालन गरौँ भन्ने सामूहिक विचारले यस वित्तीय संस्थाको स्थापना भएको हो । साना मझौला किसान परिवारमा वित्तीय पहुँच पुर्‍याउनका लागि एउटा काविल र सशक्त वित्तीय संस्था चाहिन्छ भन्ने देखिएपछि उहाँहरुबीच सामूहिक प्रयासबाट लघुवित्त वित्तीय संस्था सञ्चालन गर्ने तय गरे ।

बृहत् छलफल र मधेश प्रदेशको आवश्यकताले अन्ततः स्वस्तिक लघुवित्तको जन्म भयो । नेपाल राष्ट्र बैंकमार्फत प्रदेशस्तरको ईजाजतपत्र प्राप्त २०७५ चैत्र १२ गतेबाट स्वस्तिक लघुवित्त विधिवत रुपमा सञ्चालनमा आयो । स्वस्तिक लघुवित्तको जन्म मधेश प्रदेशका स्थानीय व्यवसायीहरु र उनीहरुलाई ढाडस दिने अनुभवी व्यक्तिहरुको दृढ अठोट, इच्छाशक्ति र अनुभवले खारिएकाहरुको सामूहिक प्रयत्नको फल थियो ।

स्वस्तिक लघुवित्तको संस्थापकमा कुनैपनि बैंक तथा वित्तीय संस्था नभई बीमा र लघुवित्तबाट अनुभव प्राप्त व्यक्तिहरु तथा स्थानीय व्यवसायीहरु मात्रै छन् । यो पनि यस संस्थाको सबल पक्ष हो ।

स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको संस्था भएकोले हाल सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीमा लघुवित्त कार्यक्रममार्फत यस संस्थाले वित्तीय तथा सामाजिक सेवा प्रदान गरिरहेको छ । लघुवित्त सेवा अन्र्तगत मुख्य सेवाको रुपमा निक्षेप संकलन, कर्जा सेवा र लघुबीमा सेवा प्रदान गर्दे आएको यस संस्थाले सामाजिक सेवा अन्तर्गत वित्तीय चेतना, आयश्रोत विस्तारको लागी विभिन्न व्यवसायिक तालिम, तथा शिविरमार्फत स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गरिरहेको छ ।

संस्थाको उपस्थिति

स्वस्तिक लघुवित्त आर्थिक वर्ष २०७५/०७६ बाट सञ्चालनमा आएतापनि २०७५ चैत्रबाट मात्रै वित्तीय कारोबार गरेको संस्था हो । जसका कारण आर्थिक वर्ष २०७५/०७६ मा बलियो वित्तीय विवरण बन्ने कुरै भएन ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको थियो । आर्थिक वर्ष सुरु हुनासाथ यसै योजना मुताबिक कार्यक्रम पनि बनाएको थियो । कतिपय कार्यक्रम सुरु पनि भएका थिए । तर, २०७६ मै विश्वमहामारी कोभिड–१९ को प्रकोप आइलाग्यो । जसका कारण सेवा विस्तारमा अंकुश लाग्न पुग्यो ।

कोभिडको प्रकोप क्रमशः हट्दै गएपछि जनजीवन पूरानै लयमा फर्किदै गयो । स्वस्तिक लघुवित्तले पनि पुनः आफ्नो सेवा विस्तारको अभियान चलायो । यो अभियान राम्रैसँग अघि बढिरहेका बेला पुनः लघुवित्त विरुद्धको आन्दोलन चर्कियो । यसले स्वस्तिकलाई मात्रै नभई सबै लघुवित्तलाई प्रभाव पर्न गयो ।

यसरी यस्ता विभिन्न समस्या झेल्दै तिनलाई छोडेर अघि बढ्ने क्रममा रहेको स्वस्तिक लघुवित्तले पछिल्लो चरणमा भने सेवासहित व्यवसाय विस्तारमा फड्को मारिरहेको छ । यद्यपी, सोचे जस्तो सेवा विस्तार गर्न नसकेको कम्पनीको स्वीकारोक्ति छ । तर पनि पछिल्लो ५ वर्षमा कम्पनीका सञ्चालक तथा कर्मचारीहरुको सामूहिक प्रयासले अहिले स्वस्तिक लघुवित्त १२ हजार भन्दाबढी परिवारमा लघुवित्त सेवा पुर्याउन सफल भएको छ । सँगै, संस्थाका वित्तीय सूचकहरुलाई सकारात्मक र आकर्षक बनाउन लघुवित्त परिवार अग्रसर रहेको छ ।

मधेशमा वित्तीय जागरण

प्रदेशस्तरको वित्तीय संस्था भएकाले स्वस्तिक लघुवित्तको कार्यथलो मधेश प्रदेश हो । अधिक जनसंख्या र त्यो जनसंख्या अधिकांश रुपमा खेतीमा निर्भर हुने भएपनि कमजोर वित्तीय पहुँच मधेश प्रदेशको खास समस्या रहँदै आएकोमा उक्त समस्या सामाधानको सारथीको रुपमा स्वस्तिक लघुवित्त पनि भुमिका निर्वाह गर्दै आईरहेको छ ।

स्वस्तिक लघुवित्तले आर्थिक विकासका लागि खासगरि दुई पक्षबाट सहयोग गरिरहेको छ । एउटा त, सामाजिक पक्ष हो । जसमा वित्तिय साक्षरता प्रदान गर्ने काम पहिलो हो । यसमा कर्जाको आवश्यकता, कर्जाको उपयोगीता, बचतको महत्व, कर्जाको उपयोग तथा महत्व, वित्तीय संस्थाहरुको छनोट, वित्तीय क्षेत्र सम्बन्धी समय समयमा उत्पन्न हुने अनावश्यक हल्ला लगायतका विषयहरु पर्छन् ।

यसको अर्थ, स्वस्तिक लघुवित्तले आर्थिक विकासका लागि कर्जा रकम र कर्जा सदुपयोगीताको आवश्यकता तथा महत्व लगायतका आर्थिक सुशासनको विषयमा जनचेतना जगाउने पक्षबाट कार्य गर्दै आएको छ ।

दोश्रो भनेको, आर्थिक कारोबारको तर्फबाट बचतलाई प्रोत्साहनको पक्ष हो । जसमा कर्जामार्फत व्यवसाय सिर्जना गर्न सहयोग गर्ने र त्यसबाट भएको आम्दानीलाई पुनः लगानी र बचतमा प्रोत्साहनका विषय पर्छन् । सँगै, कर्जा उपभोग गरिरहेका ऋणी तथा निजको अभिभावकसँग हुन सक्ने दुर्घटनाको अवस्थामा परिवारमाथि पर्ने आर्थिक भारलाई न्युन गर्नको लागी लघुबीमामार्फत आर्थिक सुरक्षा पनि प्रदान गर्दै आइरहेको छ ।

निर्वाहमुखी खेतीलाई उद्यमशीलतामा रुपान्तरण

नेपाल कृषि प्रधान हो । अझ त्यसमा पनि मधेश प्रदेशमा कृषिको उर्वर भूमी हो । बाह्रै महिना कुनै न कुनै उत्पादन उब्जनी हुने भएपनि त्यो अधिकांश निर्वाहमुखीमै सिमित छ । यस्तो निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा रुपान्तरण गर्न सबैभन्दा ठूलो साधन वा साध्य जे भनेपनि त्यो वित्तीय पहुँच नै हो ।

अहिले मधेशमा क्रमशः वित्तीय पहुँच बढ्दो छ भने निर्वाहमुखी खेतीबाट मानिसहरु व्यवसायिक खेतीमा आकर्षित हुने क्रम पनि बढिरहेको छ । यस्तो अवस्थामा स्वस्तिक लघुवित्तले करिब ६ हजार परिवारमा ऋण प्रवाह गरेको छ । जसमध्ये करिब ६५ प्रतिशत कर्जा कृषि अन्र्तगत पशुपालन, दुध उत्पादन र खेतीमा प्रवाह भएको छ । बाँकी कर्जा साना तथा मझौला व्यवसायहरुमा प्रवाह भएको छ ।

पछिल्लो समयमा कोभिड–१९ को कारण केही उद्यमीहरुमा समस्या देखिएको भएपनि हाल विस्तारै कर्जा लिएर व्यवसाय सुरु गरेकाहरुको अवस्था सुधारात्मक छ । हिजोसम्म निर्वाहमुखी खेतीमा रहेका परिवार आज कृषिमै भएपनि व्यवसायिक कृषिमा प्रवेश गर्दैछन । यसलाई कम्पनीले आफ्नो उद्येश्य अनुसारको सफलता मानेको छ ।

पूँजीको अवस्था र आईपीओ तयारी

यस वित्तीय संस्थाको अधिकृत पूँजी ६ करोड रहेको छ भने जारी पूँजी २ करोड हो । जसमध्ये ४० प्रतिशतले हुन आउने बराबरको शेयर आईपीओमार्फत सर्वसाधारणलाई बिक्री गर्ने आवश्यक प्रक्रिया कम्पनीले पूरा गरिसकेको छ ।

सर्वसाधारणमा शेयर निष्काशनका लागी आवश्यक प्रक्रिया पुरा गरि नेपाल धितोपत्र बोर्डमा दर्ता पनि भइसकेको छ । अब बोर्डबाट अनुमति पाएलगत्तै स्वस्तिक लघुवित्तले सर्वसाधारणमा आईपीओ निष्काशन गर्नेछ ।

मर्जर तथा प्राप्तीको योजना

वर्तमान समयमा संस्थाको पूँजीको हिसाबले स्वस्तिक लघुवित्त प्रदेशस्तरमै रहने देखिन्छ । तर, संस्थाले मर्जर तथा प्राप्तीको ढोका भने खुला राखेको छ । स्वस्तिक लघुवित्त मर्जरमा सकारात्मक रहँदै नियामकले लिएको मर्जर सम्बन्धि व्यवस्थामा समर्थन पनि गरिरहेको छ ।

स्वस्तिक लघुवित्त २०७५ मा सञ्चालनमा आई २०७७ मै मर्जर प्रक्रियामा गएको संस्था पनि हो । अहिले पनि कम्पनीले मर्जर र प्राप्तीको ढोका खुला राखेर विभिन्न कम्पनीहरुसँग छलफल र कुराकानी गरिहेको छ ।

चुनौतीहरु के के छन् ?

लघुवित्त कार्यक्रम भनेको ऋणी सदस्यको परिवारसँग पारिवारिक आयश्रोतसँग सिधै जोडिएको कारण ऋणी परिवारका सबै चुनौतीहरु लघुवित्त कार्यक्रमको चुनौतीका रुपमा रहेको हुन्छ ।

नेपालको कुल क्षेत्रफलको ६.६ प्रतिशत भू–भाग मधेश प्रदेशमा पर्छ । यस प्रदेशको गरिबी दर २२ प्रतिशत भन्दा बढी छ । अब बैंक वित्तीय संस्थाको कुरा गर्ने हो भने २०८० चैत्र मसान्तको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, लघुवित्त कुल ११० बैंक तथा वित्तीय संस्थाहरुले १ हजार ७७८ वटा शाखा कार्यालय मार्फत मधेश प्रदेशमा वित्तीय सेवा प्रदान गरिरहेका छन् । अझ यसमा लघुवित्तको मात्र कुरा गर्ने हो भने त नेपालभरिमा लघुवित्तको कुल शाखा कार्यालयहरु ५ हजार ६२ रहेको छ, जसमध्ये १ हजार ३९ (२० प्रतिशत भन्दा बढी) शाखा कार्यालय मधेश प्रदेशमा छन् ।

एकातिर प्रदेशको गरिबीदर उच्च छ भने बैंक वित्तीय संस्थाको उपस्थिति पनि कमजोर छैन, बरु आवश्यकता भन्दा बढी नै छ । वित्तीय पहुँच बढाउँदै उद्यमशीलता र व्यवसायिकता बढाउनुपर्ने दायित्व बैंक तथा वित्तीय संस्थाहरुको हो । तर, पनि मधेशमा भने बैंक तथा वित्तीय संस्थाको विस्तार तीव्र भएपनि गरिबीको दर भने उच्च नै छ । यसलाई स्वस्तिक लघुवित्तले मुख्य चुनौति मानेको छ । अर्थात्, हाल उच्च रहेको गरिबीको दरलाई घटाउँदै लैजाने कार्यक्रम चाहिएको छ, यसमा स्वस्तिक लघुवित्त दत्तचित्त भएर लागेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण भन्छन्, ‘यहाँ (मधेश) का जनताहरुले वित्तीय संस्थाहरुबाट सहजै कर्जा प्राप्त गरे, वित्तीय संस्थाहरु पनि कर्जा लगानीमा उत्साहित भए । नाफा पनि रामै्र कमाए तर, जनताको आर्थिक उन्नतिको दर न्यून रह्यो । जसका कारण अधिकांश कर्जाको प्रयोग व्यवसायिक क्षेत्रमा भन्दा व्यवहारिक क्षेत्रमा बढि भएको देखिन्छ र यसबारे विगतमा अध्ययन नहुनुको नतिजा आज देखिएको छ ।’

उनका अनुसार मधेश प्रदेशमा सेवा दिँदै आजको मितिसम्म आईपुग्दा कम्पनीले देखेका चुनौतीहरु निम्नानुसार छन्ः

१. करिब ३० वर्ष पुरानो इतिहास बोकेको लघुवित्त कार्यक्रम यस प्रदेशमा सञ्चालनमा रहेको भएतापनि हालसम्म वित्तीय ज्ञानको अवस्था एकदमै न्युन छ ।

२. यस प्रदेशमा जन्मेका हुर्केका व्यक्तिहरु आज विभिन्न राजनीति तथा अन्य क्षेत्रमा उच्च पदस्थ अवस्थामा पुगेको भएतापनि यस प्रदेशको शिक्षाको स्तर न्यून रहेको छ । (शिक्षा भन्नाले वित्तीय शिक्षासँगै विद्यालय शिक्षा पनि)

३. जनताहरुमा कर्जा लिने बेला र लिई सकेपश्चात बैंक वित्तीय संस्थाका कर्मचारीलाई झुक्याउने, छल्ने प्रवृति उच्च रहेको छ ।

४. कर्जालाई अधिकारको रुपमा प्रयोग गर्न खोज्नु ।

५. विभिन्न समूह तथा राजनीति उक्साहटमा आएर ऋणीहरुले आफ्नो आर्थिक विश्लेषण गर्न नसक्नु ।

६. युवाहरुमा सानो तहबाट आफ्नो करियर सुरु गर्ने भन्दा पनि कम समयमा बढी पैसा कमाउने होडबाजीले स्थानीय तहमा रहेर केही व्यवसाय वा रोजगार गर्ने भन्दा वैदेशिक रोजगारमा बढी आकर्षण हुनु ।

७. सामूहिक भावना घट्दै जानु ।

८. कोभिड–१९ तथा लघुवित्त विरुद्धका आन्दोलनका कारण समस्यामा परेका ऋणीहरुको लागी उचित तथा व्यवहारिक सहुलियत सम्बन्धि नियामक निकायबाट निर्देशन प्राप्त नहुनु ।

९. लघुवित्त कार्यक्रम सञ्चालनको लागी आवश्यक फण्डको लागत अत्यधिक महँगो हुनु, अपर्याप्त मार्जिनमा रहेर कार्यक्रम संचालन गर्नुपर्ने बाध्यता ।

१०. लघुवित्त कार्यक्रमको अन्य वर्गका बैंक तथा वित्तीय संस्थासँगको असुहाउँदो प्रतिस्पर्धा ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ)...

सडक खराब हुँदा पनि ४ दिनमा १ लाख २६ हजारले छोडे काठमाडौँ

दशैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या...

नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवद्र्धनको समझदारी

नेपाल र भियतनामबीच व्यापार र लगानी प्रवद्र्धन सम्वन्धमा सहकार्यको...

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नागरिक लगानी कोषले ५१...

दशैँका लागि काठमाडौँ ल्याइए खसीबोका, कहिलेबाट सुरु हुन्छ बिक्री ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँमा बिक्रीका लागि...

रामेछापका ८ वटै पालिका ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद्...