Thursday, August 27, 2026
spot_img
spot_img

‘लघुवित्तका पिता’ युनुस बने बंगलादेशको सरकार प्रमुख

spot_img

लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुसले बंगलादेशमा गठित अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । विद्यार्थीको प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिदै देश छोडेर भागेकी थिइन् ।

त्यसपछि त्यहाँको सेनाले अन्तरिम सरकार गठन गर्ने जनाएको थियो ।  युनुसको नाममा विद्यार्थीहरु पनि सहमत भएपछि त्यहाँको राष्ट्रपति कार्यालयले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो । प्रदर्शनमा रहेका विद्यार्थी नेताहरु, सेनाका तिनै तहका प्रमुख, व्यवसायी र अन्य सरोकारवालाबीच भएको ५ घण्टाको छलफलपछि युनुसको नाममा सहमति जुटेको बताईएको छ। प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि संसद पनि विघटन गरिएको थियो, त्यसपछि बन्ने अन्तरिम सरकारको नेतृत्व युनुसले गर्नु पर्ने माग विद्यार्थी नेताहरुले अघि सारेका थिए। त्यस मागमा युनुस आफै र अन्य सरोकारवाला सहमत भएसंगै अब ८३ वर्षीय युनुसले बंगलादेशको नेतृत्व गर्ने छन् । हाल फ्रान्समा रहेका उनी छिट्टै बंगलादेश फर्कने बताईएको छ । साथै अन्तरिम सरकारमा रहने अन्य व्यक्ति पनि छिट्टै तय हुने बताईएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रोफेसर, बैंकर, अर्थशास्त्री र सामाजिक अभियान्ता हुन् । उनले गरिव, पिछडिएका तथा निम्न आय भएका वर्गलाई वित्तीय पहुँच दिने उदेश्यले सन् १९८३ मा ग्रामिण बैंक स्थापना गरेका थिए । जसले गरिव, पिछडिएका तथा निम्न आय भएका वर्गलाई सानो सानो रकमको ऋण दिएर उनीहरुको जीवनस्तर उकास्दै उनीहरुलाई  उद्यमी बनाउन सहयोग पुर्याएको थियो । उनको यो कार्यले गरिवी निवारणमा समेत ठूलो सहयोग पुर्याएको थियो । उनले सन् २००६ मा नोबेल विश्व शान्ति पुरस्कार समेत पाएका थिए । ग्रामिण जनतालाई बैंकिंग पहुँच दिने उनको सोच अनुसार जन्मेको ‘ग्रामिण बैंक’ को अवधारणामा आज नेपाल सहित विश्वका धेरै देशमा लघुवित्त संस्था संचालनमा छन् ।

युनुस निवर्तमान प्रधानमन्त्री हसिनाका कडा आलोचक थिए । युनुसले हसिनालाई देशको नागरिकको रगत चुसेको आरोप लगाएका थिए । युनुसले एक समय हसिनाको राजीनामा समेत मागेका थिए ।

सन् २००७ मा युनुसले आफ्नै पार्टी खोल्ने घोषणा गरे पनि उनले पार्टी भने खोलेनन् । सन् २००८ मा हसिना सरकारले युनुसलाई विभिन्न आरोप लगाउदै उनी माथि छानबिन गरेको थियो । सरकारको अनुमति बिना नै विदेशबाट रकम ल्याएको, नोबेल पुरस्कार लिएको, लगायतका आरोपमा सन् २०१३ मा उनी माथि मुद्दा चलेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...