Thursday, May 22, 2025
spot_img

‘लघुवित्तका पिता’ युनुस बने बंगलादेशको सरकार प्रमुख

लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुसले बंगलादेशमा गठित अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । विद्यार्थीको प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिदै देश छोडेर भागेकी थिइन् ।

त्यसपछि त्यहाँको सेनाले अन्तरिम सरकार गठन गर्ने जनाएको थियो ।  युनुसको नाममा विद्यार्थीहरु पनि सहमत भएपछि त्यहाँको राष्ट्रपति कार्यालयले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो । प्रदर्शनमा रहेका विद्यार्थी नेताहरु, सेनाका तिनै तहका प्रमुख, व्यवसायी र अन्य सरोकारवालाबीच भएको ५ घण्टाको छलफलपछि युनुसको नाममा सहमति जुटेको बताईएको छ। प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि संसद पनि विघटन गरिएको थियो, त्यसपछि बन्ने अन्तरिम सरकारको नेतृत्व युनुसले गर्नु पर्ने माग विद्यार्थी नेताहरुले अघि सारेका थिए। त्यस मागमा युनुस आफै र अन्य सरोकारवाला सहमत भएसंगै अब ८३ वर्षीय युनुसले बंगलादेशको नेतृत्व गर्ने छन् । हाल फ्रान्समा रहेका उनी छिट्टै बंगलादेश फर्कने बताईएको छ । साथै अन्तरिम सरकारमा रहने अन्य व्यक्ति पनि छिट्टै तय हुने बताईएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रोफेसर, बैंकर, अर्थशास्त्री र सामाजिक अभियान्ता हुन् । उनले गरिव, पिछडिएका तथा निम्न आय भएका वर्गलाई वित्तीय पहुँच दिने उदेश्यले सन् १९८३ मा ग्रामिण बैंक स्थापना गरेका थिए । जसले गरिव, पिछडिएका तथा निम्न आय भएका वर्गलाई सानो सानो रकमको ऋण दिएर उनीहरुको जीवनस्तर उकास्दै उनीहरुलाई  उद्यमी बनाउन सहयोग पुर्याएको थियो । उनको यो कार्यले गरिवी निवारणमा समेत ठूलो सहयोग पुर्याएको थियो । उनले सन् २००६ मा नोबेल विश्व शान्ति पुरस्कार समेत पाएका थिए । ग्रामिण जनतालाई बैंकिंग पहुँच दिने उनको सोच अनुसार जन्मेको ‘ग्रामिण बैंक’ को अवधारणामा आज नेपाल सहित विश्वका धेरै देशमा लघुवित्त संस्था संचालनमा छन् ।

युनुस निवर्तमान प्रधानमन्त्री हसिनाका कडा आलोचक थिए । युनुसले हसिनालाई देशको नागरिकको रगत चुसेको आरोप लगाएका थिए । युनुसले एक समय हसिनाको राजीनामा समेत मागेका थिए ।

सन् २००७ मा युनुसले आफ्नै पार्टी खोल्ने घोषणा गरे पनि उनले पार्टी भने खोलेनन् । सन् २००८ मा हसिना सरकारले युनुसलाई विभिन्न आरोप लगाउदै उनी माथि छानबिन गरेको थियो । सरकारको अनुमति बिना नै विदेशबाट रकम ल्याएको, नोबेल पुरस्कार लिएको, लगायतका आरोपमा सन् २०१३ मा उनी माथि मुद्दा चलेको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img