एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गरेको हो ।
कम्पनीका अनुसार उनको कार्यकाल साउन ७ गतेदेखि सुरु हुने छ र कार्यकाल ४ वर्षको रहने छ। उनी यस अघि छिमेक लघुवित्तको सीइओ भईसकेका छन् ।
कम्पनीले यस अघि सीइओ रहेका लक्ष्मण चालिसेलाई भने फिर्ता बोलाएको छ। उनी लघुवित्तको माउ कम्पनी एनआईसी एशिया बैंकको तर्फबाट सीइओ नियुक्त भई आएका थिए।