Tuesday, August 18, 2026
spot_img

मर्जरपछि ग्रामिण विकास र समाज लघुवित्तको एकिकृत कारोबार कार्तिक २ देखि

spot_img

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले मर्जरपछि कार्तिक २ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा रहने छ।

यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियोे  । गत असार २८ गते दुवै कम्पनीको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असोज २३ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।   दुई कम्पनी १:१ को समान स्वापमा मर्ज हुन लागेका हुन्।

एकिकृत कारोबार हुने भएकोले डाटा माइग्रेसन कार्यको लागि दुवै कम्पनीको बैंकिंग कारोबार कार्तिक १ गते बन्द रहने भएको छ। त्यस्तै शेयर लगत एकिकरण तथा मिलानको लागि कार्तिक १ गतेदेखि शेयर कारोबार समेत रोक्का हुने कम्पनीले जनाएको छ।

ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ। ग्रामीण विकासको चुक्ता पुजी ९८ करोड २५ लाख रहेको छ भने समाजको पुजी २ करोड २८ लाख ५० हजार मात्र छ।

हाल ग्रामिण विकास लघुवित्तको शेयर मूल्य ७१५ रुपैयाँ रहेको  छ भने समाज लघुवित्तको शेयर मूल्य २ हजार ५ सय ७३ रुपैयाँ रहेको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img