Sunday, November 9, 2025
spot_img

निफ्राको साधारणसभा आह्वान, लाभांश नदिने

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ४ गते साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. आर्थिक बर्ष २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. बैंकको पाँचौं वार्षिक साधारणसभाबाट आ.व. २०८०/८१ को बैंकको लेखापरीक्षकमा M/S KA.S. Associates, Chartered Accountants नियुक्त भएकोमा उक्त फर्म र M/S. BRS Neupane & Co., Chartered Accountants बीच मर्जर भई आ.व. २०८०/८१ को लेखापरीक्षण मर्जर पछिको नयाँ फर्म M/S. BRS Neupane & Co, Chartered Accountants बाट गरिएको विषय अनुमोदन गर्ने । साथै लेखापरीक्षक M/S. BRS Neupane & Co., Chartered Accountants को प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१ / ८२ को लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

विशेष प्रस्ताव
१. बैंकको प्रबन्धपत्रमा संशोधन / थप गर्ने ।

२. प्रबन्धपत्रमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरवदल / थपघट / संशोधन / परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img