Thursday, June 18, 2026
spot_img

निफ्राको साधारणसभा आह्वान, लाभांश नदिने

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ४ गते साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. आर्थिक बर्ष २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. बैंकको पाँचौं वार्षिक साधारणसभाबाट आ.व. २०८०/८१ को बैंकको लेखापरीक्षकमा M/S KA.S. Associates, Chartered Accountants नियुक्त भएकोमा उक्त फर्म र M/S. BRS Neupane & Co., Chartered Accountants बीच मर्जर भई आ.व. २०८०/८१ को लेखापरीक्षण मर्जर पछिको नयाँ फर्म M/S. BRS Neupane & Co, Chartered Accountants बाट गरिएको विषय अनुमोदन गर्ने । साथै लेखापरीक्षक M/S. BRS Neupane & Co., Chartered Accountants को प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१ / ८२ को लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

विशेष प्रस्ताव
१. बैंकको प्रबन्धपत्रमा संशोधन / थप गर्ने ।

२. प्रबन्धपत्रमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरवदल / थपघट / संशोधन / परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img