नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड निफ्राले लाभांश नदिने भएको छ । बैंकको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले आ.व. २०८०/८१ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
बैंकका अनुसार बैंकको आ.व. २०८०/८१ को वित्तीय विवरण अनुसारको खुद मुनाफा एक अर्ब बत्तीस करोड अन्ठानब्बे लाख चालीस हजार आठ सय चालीस रुपैंया थियो। जसमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु पश्चातको वितरणयोग्य मुनाफा छ्यत्तर करोड पन्चानब्बे लाख चौंतीस हजार छ सय अठार रुपैंया रहेको थियो।
तर बैंकले सो रकम शेयरधनीहरुलाई लाभांस प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले संचित गर्ने निर्णय गरेको जनाएको छ ।