Thursday, June 18, 2026
spot_img

राष्ट्र बैंकद्वारा निफ्राको लागि १३ बुँदे निर्देशन जारी

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि विभिन्न १३ बुँदे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले हिजो आइतबार निर्देशन जारी गरेको हो ।

हाल नेपालमा पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र रहेकोले यो निर्देशन निफ्रालाई मात्र लागु हुने छ। निर्देशन अनुसार पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखांकन गर्दा राष्ट्र बैंकबाट जारी भएको NFRS 9-Expected Credit Loss Related बमोजिम गर्नु पर्नेछ । यस अघि पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखांकन
गर्दा  Guideline on Recognition of Interest Income, 2019 बमोजिम गर्नु पर्ने व्यवस्था थियो।

निर्देशन अनुसार संस्थाले एकै क्षेत्रका परियोजनाहरुमा आफ्नो कुल कर्जा बक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ । यस्तो क्षेत्रगत कर्जा सीमा नाघेमा सीमा भन्दा बढी प्रवाह भएको रकम संस्थाले प्राथमिक पुँजीबाट घटाउनु पर्नेछ ।

नयाँ निर्देशन अनुसार संस्थाले कर्मचारी दायित्वको बीमांकिय मूल्यांकन (Actuarial Valuation) गराउँदा नेपाल वित्तीय प्रतिवेदन मान ((NFRSs) को प्रावधान अनुरुप विगतको तथ्याङ्कमा आधारित रही यर्थाथपरक अनुमानहरु (Assumption)  लिई मूल्यांकन गराउनु पर्नेछ । साथै, आन्तरिक लेखापरिक्षणबाट त्यस्तो तथ्याङ्क तथा अनुमानहरु प्रमाणित गरे पश्चात मात्र बीमांकिय मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img