राष्ट्र बैंकद्वारा निफ्राको लागि १३ बुँदे निर्देशन जारी

spot_img

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि विभिन्न १३ बुँदे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले हिजो आइतबार निर्देशन जारी गरेको हो ।

हाल नेपालमा पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र रहेकोले यो निर्देशन निफ्रालाई मात्र लागु हुने छ। निर्देशन अनुसार पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखांकन गर्दा राष्ट्र बैंकबाट जारी भएको NFRS 9-Expected Credit Loss Related बमोजिम गर्नु पर्नेछ । यस अघि पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखांकन
गर्दा  Guideline on Recognition of Interest Income, 2019 बमोजिम गर्नु पर्ने व्यवस्था थियो।

निर्देशन अनुसार संस्थाले एकै क्षेत्रका परियोजनाहरुमा आफ्नो कुल कर्जा बक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ । यस्तो क्षेत्रगत कर्जा सीमा नाघेमा सीमा भन्दा बढी प्रवाह भएको रकम संस्थाले प्राथमिक पुँजीबाट घटाउनु पर्नेछ ।

नयाँ निर्देशन अनुसार संस्थाले कर्मचारी दायित्वको बीमांकिय मूल्यांकन (Actuarial Valuation) गराउँदा नेपाल वित्तीय प्रतिवेदन मान ((NFRSs) को प्रावधान अनुरुप विगतको तथ्याङ्कमा आधारित रही यर्थाथपरक अनुमानहरु (Assumption)  लिई मूल्यांकन गराउनु पर्नेछ । साथै, आन्तरिक लेखापरिक्षणबाट त्यस्तो तथ्याङ्क तथा अनुमानहरु प्रमाणित गरे पश्चात मात्र बीमांकिय मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...