Monday, February 17, 2025
spot_img

यी हुन् गतवर्ष सबैभन्दा धेरै शेयर धितोकर्जा दिने फाइनान्स कम्पनी, मन्जुश्री शिर्ष स्थानमा

आर्थिक वर्ष २०८०/८१ मा फाइनान्स कम्पनीहरुले ४ अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका हुन् ।

जस मध्ये मन्जुश्री फाइनान्सले सबैभन्दा धेरै ७७ करोड ६४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ भने आईसीएफसी फाइनान्सले ५० करोड ७१ लाख शेयर धितोकर्जा प्रवाह गरेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ४४ करोड ९८ लाख, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले ३७ करोड ४७ लाख, रिलायन्स फाइनान्सले ३४ करोड ५५ लाख, बेस्ट फाइनान्सले ३४ करोड ३५ लाख, गोर्खाज फाइनान्सले ३३ करोड ५५ लाख, नेपाल फाइनान्सले ३१ करोड ६९ लाख तथा गुडविल फाइनान्सले २५ करोड ६ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका छन्।

क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स, र जानकी फाइनान्सले शेयर धितोकर्जा प्रवाह गरेका छैनन् । सेन्ट्रल फाइनान्सले सबैभन्दा कम २ करोड ५० लाख तथा नेपाल शेयर मार्केट एण्ड फाइनान्सले २ करोड ६१ लाख शेयर धितो कर्जा दिएका छन् । पोखरा फाइनान्स, समृद्धि फाइनान्स, र प्रोग्रेसिभ फाइनान्सले क्रमश १० करोड ७३ लाख, १३ करोड २६ लाख र १६ करोड ६ लाख शेयर धितोकर्जा प्रदान गरेका छन् ।

हेर्नुस् कुन फाइनान्सले कति दिए शेयर धितो कर्जा ?

यस अघि: विकास बैंकहरुद्वारा गत वर्ष १५ अर्ब ५९ करोड शेयर धितो कर्जा प्रवाह, कुनको कति ?

वाणिज्य बैंकद्वारा गत वर्ष ७० अर्ब शेयर धितो कर्जा प्रवाह, कुन बैंकको कति ?

 

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...