Friday, May 23, 2025
spot_img

विकास बैंकहरुद्वारा गत वर्ष १५ अर्ब ५९ करोड शेयर धितो कर्जा प्रवाह, कुनको कति ?

spot_img

आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरुले १५ अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरुले गत आर्थिक वर्षमा १५ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका हुन् ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २ अर्ब ८० करोड शेयर धितो कर्जा प्रवाह गरेको छ भने महालक्ष्मी विकास बैंकले २ अर्ब २५ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ। त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ७८ करोड, ज्योति विकास बैंकले १ अर्ब ७७ करोड, गरिमा विकास बैंकले १ अर्ब ७७ करोड , कामना सेवा विकास बैंकले १ अर्ब १ अर्ब ६० करोड, तथा शांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब १५ करोड शेयर धितो कर्जा प्रवाह गरेका छन्।

सालपा विकास बैंक , कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले शेयर धितो कर्जा प्रवाह गरेका छैनन्। विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा कम ३ करोड ८० लाख, ग्रीन डेभलपमेन्ट बैंकले ३ करोड ८७ लाख , तथा मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ९० लाख शेयर धितो कर्जा प्रवाह गरेका छन् ।

२०८१ साउनमा विकास बैंकले प्रदान गरेको शेयर धितोकर्जाको भारित औसत ब्याजदर १०.५० प्रतिशत रहेको छ।

हेर्नुस् कुन विकास बैंकले कति दिए शेयर धितो कर्जा ?

यो पनि : वाणिज्य बैंकद्वारा गत वर्ष ७० अर्ब शेयर धितो कर्जा प्रवाह, कुन बैंकको कति ?

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img