Saturday, July 18, 2026
spot_img

विकास बैंकहरुद्वारा गत वर्ष १५ अर्ब ५९ करोड शेयर धितो कर्जा प्रवाह, कुनको कति ?

spot_img

आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरुले १५ अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरुले गत आर्थिक वर्षमा १५ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका हुन् ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २ अर्ब ८० करोड शेयर धितो कर्जा प्रवाह गरेको छ भने महालक्ष्मी विकास बैंकले २ अर्ब २५ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ। त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ७८ करोड, ज्योति विकास बैंकले १ अर्ब ७७ करोड, गरिमा विकास बैंकले १ अर्ब ७७ करोड , कामना सेवा विकास बैंकले १ अर्ब १ अर्ब ६० करोड, तथा शांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब १५ करोड शेयर धितो कर्जा प्रवाह गरेका छन्।

सालपा विकास बैंक , कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले शेयर धितो कर्जा प्रवाह गरेका छैनन्। विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा कम ३ करोड ८० लाख, ग्रीन डेभलपमेन्ट बैंकले ३ करोड ८७ लाख , तथा मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ९० लाख शेयर धितो कर्जा प्रवाह गरेका छन् ।

२०८१ साउनमा विकास बैंकले प्रदान गरेको शेयर धितोकर्जाको भारित औसत ब्याजदर १०.५० प्रतिशत रहेको छ।

हेर्नुस् कुन विकास बैंकले कति दिए शेयर धितो कर्जा ?

यो पनि : वाणिज्य बैंकद्वारा गत वर्ष ७० अर्ब शेयर धितो कर्जा प्रवाह, कुन बैंकको कति ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img