Tuesday, June 9, 2026
spot_img

रिलायन्स फाइनान्सको साधारणसभा आह्वान, मर्जरमा जाने प्रस्ताव

spot_img
spot_img

रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ २० गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा प्राइभेट इक्विटी भेन्चर क्यापिटल तथा सामूहिक लगानी कोषको संस्थापक शेयरमा लगानी गर्ने, बुक विल्डिङ्ग, समेतको कार्य गर्ने, मर्जरमा जानको लागि आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका विशेष प्रस्ताव हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१.संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/०८० को चौधौं वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने ।

३. संस्थाको लेखापरीक्षण समितिको सिफारिश बमोजिम साविकका लेखापरिक्षक सुन्दर एण्ड कम्पनी लाई आगामी आर्थिक वर्ष आ.व. २०८०/८१ का लागि कम्पनी ऐन २०६३ को दफा ११३ र कम्पनी निर्देशीका २०७२ को दफा ६० बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट लेखापरिक्षकमा नियुक्त गरेकोलाई अनुमोदन गर्ने ।

४. विविध ।

विशेष प्रस्ताव

१. वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ५ को वित्तीय संस्थाको उद्देश्य प्राप्त गरिने कामहरुमा Private Equity Venture
Capital (PEVC) (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक शेयरमा लगानी गर्ने, बुक विल्डिङ्ग, समेतको कार्य गर्ने व्यवस्था थप गरि संस्थाको प्रबन्धपत्र संसोधन गर्न प्रस्ताव गरेका छौ।

२. यस रिलायन्स फाइनान्स लि. तथा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर प्राप्ति वा विलय गर्न, DDA गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने साथै गाभिने (मर्जर), प्राप्ति तथा विलय समेतका सम्बन्धमा नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनैपनि विषयमा संशोधन परिमार्जन थपघट वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्नुपरेमा सो कार्यहरु समेत गर्न संस्थाको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

३. प्रबन्धपत्र नियमावली संशोधनमा नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनैपनि विषयमा संशोधन परिमार्जन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्नुपरेमा सो कार्यहरु समेत गर्न संस्थाको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स, बैशाखमा मात्रै भित्रियो २५७ अर्ब ४९ करोड

चालु आर्थिक वर्षको बैशाख सम्ममा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले...

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...
spot_img