Friday, May 23, 2025
spot_img

खारेज हुँदै क्रिष्टल फाइनान्स, पैसा लिनु पर्ने भए १५ दिनभित्र दाबी गर्न आग्रह

spot_img

खारेजीमा जान लागेको क्रिष्टल फाइनान्स लिमिटेडले पैसा लिन बाँकि रहेका निक्षेपकर्तालाई दाबी पेश गर्न आग्रह गरेको छ। क्रिष्टल फाइनान्सको लिक्विडेटरको कार्यालयले आज एक सूचना जारी गर्दै साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति/संघ/संस्थाहरुलाई १५ दिन भित्र  आफनो लिन बाँकी निक्षेप भुक्तानी लिन दावी पेश गर्न अनुरोध गरेको हो।
दाबी पेश गर्दा निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत ( खाता खोल्दा वखतको), नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कम्पनी / संघ / संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाण पत्रको प्रतिलिपी , नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधी बमोजिमको अन्य आवश्यक कागजातहरु र फोटोहरु पनि बुझाउनु पर्ने कार्यालयले जनाएको छ।

पुनरावेदन अदालत, पाटनको २०७२।७।२० को फैसला र उच्च अदालत, पाटनको २०७७।९।१२ को आदेशानुसार दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ३७ (१) बमोजिम लिक्विडेटर नियुक्ति भई क्रिष्टल फाइनान्स लिमिटेड खारेजीको प्रक्रियामा रहेको छ । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (ख) बमोजिम सो कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाइ  आफनो ऋण दाबी पेश गर्न यस अघिनै कार्यालयले सूचना जारी गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img